+
+

स्मार्टच्वाइस टेक्नोलोजिज र मोरू डिजिटल वालेटबीच भुक्क्तानी सेवासम्बन्धी सम्झौता

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ८ गते १४:४०

काठमाडौं । स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) र मोरु डिजिटल वालेटबीच स्मार्ट क्यूआरमार्फत भुक्क्तानी सेवा सञ्चालनका लागि सम्झौता भएको छ ।

सम्झौता पत्रमा स्मार्टच्वाइसका प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र पे नेप (मोरू वालेट) का प्रमुख कार्यकारी अधिकृत आशितोष साहले हस्ताक्षर गरे । सम्झौता भएसँगै डिजिटल भुक्तानीको विकासमा थप योगदान पुग्ने विश्वास दुवै पक्षको छ ।

सम्झौतासँगै ५ लाख मोरू वालेट प्रयोगकर्ताले १ लाख ६० हजार स्मार्ट क्यूआर मर्चेन्टहरुलाई भुक्तानी गर्न सक्नेछन् भने मोरू वालेट मार्फत विभिन्न व्यापार-व्यवसायमा संलग्न व्यवसायीहरुले स्मार्ट क्यूआर मार्फत भुक्तानी लिनलाई स्माट क्यूआरको सुविधा लिन सक्नेछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?