+
+

३१.२१ अंकले घट्यो सेयर बजार

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ८ गते १५:२८

८ असार, काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार नेप्से परिसूचक ३१.२१ अंकले घटेको छ । बजेट घोषणादेखि निरन्तर घटिरहेको बजार मंगलबार भने ३७.४९ अंकले बढेको थियो ।

बुधबार कुल २२९ कम्पनीको २० हजार ४२० वटा कारोबारबाट ३० लाख ३४ हजार ४८३ कित्ता सेयर किनबेच भएको छ । यस दिन ८४ करोड ३७ लाख ७३ हजार ४५९ रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार सबै उपसमूह राताम्ये देखिए ।

घट्दो बजारमा समेत ग्लोबल आईएमई सम्मुनत योजनाको मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यसको मूल्य ९.७५ पैसा पुगेको छ । यस्तै आँधीखोला लघुवित्त वित्तीय संस्थाको मूल्यमा पनि पोजेटिभ सर्किट लागेको छ । यसको मूल्य ८७३.४० पुगेको छ ।

युनाइटेड आईडीआई मार्दी आरबी हाइड्रोपावरका लगानी कर्ताले सबैभन्दा बढी गुमाए । ६.४८ प्रतिशतले घटेर यसको मूल्य ६१५.३० पुगेको छ । यस्तै हिमाल दोलखा हाइड्रोपावर लिमिटेडको मूल्य ५.६२ प्रतिशतले घटेर १८३ रुपैयाँमा झरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?