+
+

सुशान्त मृत्यु प्रकरण : रिया चक्रवर्ती र उनका भाइविरुद्ध अदालतमा मुद्दा दायर

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ९ गते ११:४९

काठमाडौं । अभिनेता सुशान्त सिंह राजपुतको निधनको दुई वर्ष बितिसक्दा पनि यो मामिला अझै सुल्झिने छाँटकाँट छैन । उनको ‘आत्महत्या’को विषयलाई लिएर ईडीले अहिले पनि अनुसन्धान गरिरहेको छ ।

यो मामिलामा नार्कोटिक्स कन्ट्रोल ब्युरोले अभिनेत्री रिया चक्रवर्ती, उनका भाइ शैविक चक्रवर्ती र अन्य व्यक्तिलाई पनि आरोपी तुल्याएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार एनसीबीले यी आरोपीविरुद्ध विशेष अदालतमा ड्राफ्ट चार्ज दायर गरेको छ ।

उनीहरुमाथि सुशान्तको लागि ड्रग्स खरिद गर्ने आरोप लागेको छ । विवरण अनुसार बयानका लागि रिया र शैविक अदालतमा उपस्थित थिए ।

यस मामिलाबारे बोल्दै स्पेसल पब्लिक प्रजिक्युटर अतुल सरपन्देले उनीहरुमाथि अभियोगपत्र तयार भएको बताए । रिया र उनका भाइ शैविकले पनि लागूऔषधको प्रयोग गरेका थिए । यी दुईले नै सुशान्तको लागि ड्रग्स खरिद गरेका थिए ।

यस मामिलामा आगामी अदालती सुनुवाइ १२ जुलाईमा हुनेछ । १४ जुन २०२० मा सुशान्त मुम्बईस्थित अपार्टमेन्टमा मृत भेटिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?