+
+

यस्तो छ ‘शमशेरा’मा सञ्जय दत्तको ‘भिलेन’ रुप

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ९ गते १४:०५

काठमाडौं । दास हुँदै नेता बनेको एक व्यक्तिको संघर्षको कथामा आधारित बलिउड फिल्म ‘शमशेरा’ आगामी जुलाई २२ मा रिलिज हुँदैछ । हालै सार्वजनिक पोस्टर र टिजरका कारण फिल्म झनै प्रतीक्षित बनेको छ ।

रणवीर कपुर, सञ्जय दत्त र वाणी कपुरको मुख्य भूमिका रहेको फिल्मलाई करण मलहोत्राले निर्देशन गरेका हुन् ।

केही दिनअघि सार्वजनिक पोस्टरमा रणवीरको ‘शमशेरा’ लुक्स दमदार देखिएको छ । पोस्टरपछि प्रशंसकहरु रोमाञ्चित भएका छन् । यसै क्रममा फिल्मको निर्माण पक्षले सञ्जय दत्तको भयंकर लुक्स सार्वजनिक गरेको छ । फिल्ममा सञ्जय खलपात्रको भूमिकामा देखिंदैछन् ।

खाकी बर्दीको साथमा निधारमा तिलक र हातमा हन्टर लिएका सञ्जयको लुक्स ‘डरलाग्दो’ लाग्छ । फिल्ममा उनी दारोगा शुद्ध सिंहको भूमिकामा देखिनेछन् । ‘शमशेरा’को ट्रेद्यर शुक्रबार रिलिज हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?