+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

नेपाल एयरलाइन्समा महाप्रबन्धकको अस्थायी जिम्मेवारी ज्वारचनलाई  

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ९ गते १४:५२

९ असार, काठमाडौं । नेपाल एयरलाइन्समा कार्यकारी अध्यक्ष र महाप्रबन्धक पद दुवै रिक्त रहेको अवस्थामा नेतृत्व सम्हाल्ने गरी सरकारले वरिष्ठ क्याप्टेन दीपु ज्वारचनलाई जिम्मेवारी तोकेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेका स्वकीय उपसचिव हेमन्त रेग्मीका अनुसार ज्वारचनलाई महाप्रबन्धकको कामकाज गर्ने गरी अस्थायी जिम्मेवारी तोकिएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ज्वारचनलाई दिएको नियुक्ति पत्रमा भनिएको छ, ‘नेपाल वायुसेवा निगम २०१९ को दफा १२ बमोजिम तपाईंलाई नेपाल वायुसेवा निगमको महाप्रबन्धकको कामकाज गर्ने गरी अस्थायी नियुक्ति गरिएको व्यवहोरा निर्णय अनुसार अनुरोध छ ।’

नेपाल एयरलाइन्सको नेतृत्व खाली रहेको अवस्थामा संस्थालाई नेतृत्व गर्न मन्त्रिपरिषद्‍बाट उनलाई महाप्रबन्धकमा अस्थायी नियुक्त गरिएको हो । नेतृत्वमा रहँदा समेत उनले जहाजका चालकका हैसियतमा समेत काम भने गर्न पाउने भएका छन् । सरकारले युवराज अधिकारीलाई निलम्बन गरेसँगै यो पद रिक्त रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?