+
+

नेपाल प्रहरी र प्रदेश प्रहरीसम्बन्धी विधेयक दफावार छलफलमा

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ९ गते १७:२२

९ असार, काठमाडौं । प्रतिनिधिसभाले नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय) (पहिलो संशोधन) विधेयक, २०७९ दफाबार छलफलका लागि संसदीय विषयगत समितिमा पठाएको छ ।

बिहीबार बसेको प्रतिनिधिसभाको दोस्रो बैठकमा गृहमन्त्री बालकृष्ण खांणले यो विधेयकलाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाउने सम्बन्धी प्रस्ताव प्रस्तुत गरेका थिए । जसलाई सभाले सर्वसम्मत रुपमा स्वीकृत गरेको छ ।

गृहमन्त्री खांणका अनुसार संघीय राजधानी काठमाडौं उपत्यका (काठमाडौं, लसलतपुर र भक्तपुर)को सुरक्षा केन्द मातहत राख्ने कानुनी व्यवस्थाका लागि यो विधेयक ल्याइएको हो । उनका अनुसार यो व्यवस्था हाल अध्यादेशमार्फत कार्यान्वयनममै रहेको छ ।

विश्वका धेरै मुलुकमा संघीय राजधानीको सुरक्षा गर्नका लागि विशेष व्यवस्था गरेर केन्द्र मातहत राख्ने अभ्यास रहेको भन्दै पुर्ववर्ती सरकारले अध्यादेशमार्फत उपत्यकाको सुरक्षा केन्द्र मातहत रहने गरी अध्यादेश ल्याएको थियो । वर्तमान सरकारले पनि यही तर्क गर्दै विधेयक ल्याएको हो ।

यो विधेयकलाई दफावार छलफलका लागि प्रतिनिधिसभाले विषयगत समितिमा पठाएकाले अब सांसदहरुलले विधेयकमाथि संशोधन प्रस्ताव राख्न सक्छन् । समितिमा सांसदहरुको संशोधनलाई साथमै राखेर छलफल गर्ने र पारित गर्ने अभ्यास छ ।

विषयगत समितिले पुनः सभामै विधेयकको प्रतिवेदन पेश गरेपछि सभाले निर्णय गरेर राष्ट्रिय सभामा पठाउँछ । राष्ट्रिय सभाले पनि पारित गरेर पुनः प्रतिनिधिसभामै पठाउनुपर्ने हुन्छ । दुबै सदनले पारित गरेपछि सभामुख हुँदै राष्ट्रपतिकहाँ पुगेर प्रमाणीकरण भएपछि विधेयक ऐनका रुपमा कार्यान्वयनमा आउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?