+
+

टेलिकमले घटायो इन्टरनेट र इन्ट्रानेटको लिज लाइन शुल्क

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ९ गते १८:०२

काठमाडौं । नेपाल टेलिकमले लिज कनेक्टिभिटीको महसुल घटाएको छ । टेलिकमले १ असारदेखि लागू हुनेगरी इन्टरनेट र इन्ट्रानेट लिज लाइनको महसुल दर ३६ प्रतिशतसम्म घटाएको हो ।

इन्टरनेट लिज लाइन अन्तर्गत १ देखि २० एमबीपीएस व्यान्ड विथको महसुल अब १ हजार ६०० मात्र पर्ने छ । यसअघि यसको महसुल २ हजार ५०० रुपैयाँ थियो ।

त्यसैगरी २१ देखि ५० एमबीपीएसको महसुल २ हजार ३०० रुपैयाँबाट घटाएर १ हजार ६०० रुपैयाँ कायम गरेको छ । ५१ देखि १०० एमबीपीएस र १०० एमबीपीएस व्यान्डविथ भन्दा बढी क्षमताको महसुल समान १ हजार ५०० रुपैयाँ कायम गरिएको छ । यसअघि दुवै एमबीपीएसको महसुल क्रमशः २ हजार १०० र १ हजार ९०० रुपैयाँ थियो ।

इन्ट्रानेट लिज लाइन अन्तर्गत १ देखि १० एमबीपीएस व्यान्ड विथको महसुल २ हजार ७०० बाट घटाएर २ हजार ४०० रुपैयाँ कायम गरेको छ । यस्तै ११ देखि १०० एमबीपीएसको २ हजार ४०० रुपैयाँबाट अब २ हजार १०० रुपैयाँमा झारेको छ । १०० एमबीपीएस भन्दा बढीको २ हजार १०० रुपैयाँ रहेकोमा अब १ हजार ८०० रुपैयाँ कायम गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?