+
+

तिलोत्तमाको नीति तथा कार्यक्रम : फागुनभित्र योजना सम्झौता, जेठभित्र भुक्तानी (पूर्णपाठ)

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ९ गते १९:१७

९ असार, बुटवल । तिलोत्तमा नगरपालिकाले आर्थिक वर्ष २०७९/८० का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नगर प्रमुख रामकृष्ण खांणले बिहीबार नगरसभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा अधिकांश अघिल्लो वर्षका पुरानैलाई निरन्तरता दिइएको छ ।

नयाँ कार्यक्रमको रुपमा पूंजिगत खर्च बढाउन फागुन मसान्तभित्र सम्झौता,जेठ मसान्तभित्र भुक्तानीको नीतिलाई कडाइका साथ कार्यान्वयन गरिने उल्लेख छ ।

यस्तै नीति तथा कार्यक्रममा आर्थिक रुपमा विपन्न नगरवासीको स्वास्थ्य उपचारका लागि नगर प्रमुख नागरिकता सहायता कोष स्थापना, स्वस्थ नगरवासी, स्वस्थ नगर नाराका साथ गुणस्तरीय स्वास्थ्यमा सबै नागरिकको समतामुलक पहुंच सुनिश्चित गरिने उल्लेख छ ।

यस्तै प्रत्येक वार्डमा दक्ष नर्ससहित प्रसुति सेवा उपलब्ध गराउने, वडा नं ६ को गोरकट्टा र वडा १७ वीपीग्रामको १५ शैयाको अस्पताल निर्माण सम्पन्न गरी सञ्चालन गर्ने ।
तिलोत्तमा नगरस्तरीय ल्याब सेन्टर स्थापना, नगर प्रमुखसंग जेष्ठ नागरिक स्वस्थ्य जांच निरन्तरता,नगरस्तरीय ब्लड बैंक स्थापनामा पहल गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।

शिक्षातर्फ नगर प्रमुख छात्रवृत्ति कोषलाई थप प्रभावकारी बनाई लक्षित वर्गका बालबालिकालाई आधारभूत तहको शिक्षाका लागि छात्रवृत्ति व्यवस्था,सामुदायिक विद्यालयमा जडान भएको विद्युत तथा पानीको महशुलमा ५० प्रतिशत अनुदान दिइने, विद्यालयको इन्टरनेट निशुल्क, संस्थागत विद्यालयमा कम्तीमा १० प्रतिशत छात्रवृत्रिको व्यवस्थालाई प्रभावकारी बनाउने, सामुदायिक विद्यालयका छात्राहरुलाइ सेनिटरी प्याड निशुल्क वितरण र दिवा खाजामा कक्षा ६ सम्मका विद्यार्थीलाई १० रुपैयां थपेर २५ रुपैया पुराइने नीति तथा कार्यक्रममा उल्लेख छ ।

यस्तै छात्रालाई प्रतिरक्षात्मक आत्मसुरक्षा तालिम दिने, तीन वटा विद्यालयलाई बस खरिदका लागि १० लाखका दरले विशेष अनुदान दिइने, विद्यालय नर्स कार्यक्रमलाई निरन्तरता, संस्कृत, मगर,थारु लगायत मातृ भाषा प्रवद्र्धन शैक्षिक संग्रहालय निर्माण तथा शैक्षिक शोधपत्रमा विशेष आर्थिक सहुलियत दिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

कृषितर्फ कृषिलाई विशेष महत्व दिंदै पकेट क्षत्रे घोषणा गरिएको छ । वडा नं १२ लाई मकै, १३, माछा, १४ तरकारी,१७ गहुं पकेट क्षेत्र घोषणा गरी अनुदान दिने नीति छ ।

सामूहिक खेती प्रणालीलाई विकास गर्दै पशुपालक किसानका लागि आधारभूत भेटेरीनरी र भ्याक्सिन निशुल्क गर्न पहल  गर्ने, वडा नं १७ मा चिस्यान केन्द्र व्यवस्थापन र सञ्चालन निजी क्षेत्र र सहकारीसंग सहकार्य गर्ने, कृषियोग्य जमिन बांझो राख्न नपाउने नीतिलाई निरन्तरता, खेतीयोग्य जमिनलाई प्लटिङ गर्न निरुत्साहित गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।

विषादीमुक्त खानपान तिलोत्तमाको पहिचान नारालाई आत्मसात गर्दै प्रांगारिक खेती उत्पादनलाई प्रोत्साहन गरिने छ । तिनाउ र रोहिणीको नदी उकास जग्गामा उत्पादनमूलक कार्य गर्न प्रोत्साहन र एक वर्षभित्र कृषि योजना तर्जुमा कार्यान्वयन गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।

यस्तै तिलोत्तमा कृषि एम्बुलेन्स सञ्चालन, नगर प्रमुख किसान कार्यक्रम, परदेशको ज्ञान तिलोत्तमामा योगदान नारासहित विदेशमा काम गरेर फर्केकालाई कृषि र पशुपालनमा आकर्षित गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।

नगर क्षेत्रमा खानेपानी महशुलमा एकरुपता, अति विपन्न परिवारलाई पानीको धारा जडान र महसुलमा विशेष सहुलियत दिने उल्लेख छ ।

महिला मात्र आवद्ध सहकारीको व्यवसाय करमा ५० प्रतिशत छुट, वातावरणमैत्री उद्योगलाई व्यवसाय करमा ५० प्रतिशत छुट दिने, पर्यटन सूचना केन्द्र स्थापना, श्रम बैंक तथा रोजगार सूचना केन्द्र स्थापना,तिलोत्तमालाई साइकल सिटीका रुपा विकास गर्ने लगायतका कार्यक्रम छन् ।

हेर्नुस् पूर्णपाठ :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?