+
+

एसिया कपमा छनोट हुन नेपाललाई ८२ रनको लक्ष्य, अस्मिनाले लिइन् ५ विकेट

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १० गते ९:१०
अस्मिना कर्माचार्य

१० असार, काठमाडौं । मलेसियामा भइरहेको एसीसी महिला टी–२० च्याम्पियनसिपको सेमिफाइनलमा युएईले नेपाललाई जितका लागि ८२ रनको लक्ष्य दिएको छ । नेपालले एसिया कपमा पुग्नका लागि यो लक्ष्य पूरा गर्नुपर्नेछ ।

अस्मिना कर्माचार्यले शानदार लबिङ गर्दै ५ विकेट लिएपछि नेपालले एक बल अगावै युएईलाई ८१ रनमा अलआउट गरेको हो ।

च्याम्पियन्सिपको फाइनल पुग्ने दुई टिम एसिया कपमा छनोट हुनेछन् र एसियाका टेष्ट राष्ट्रसँग खेल्ने अवसर पाउनेछन् ।

मिडियम पेसर अस्मिना कर्माचार्य तथा स्पीनहरु सीता राना मगर र इन्दु बर्माले उत्कृष्ट बलिङ गरेपछि नेपालले युएईलाई कम स्कोरमा रोकेको हो ।

अस्मिनाले ३.५ ओभरमा १० रन मात्र खर्चेर ५ विकेट लिइन् । यस्तै इन्दु बर्माले ४ ओभरमा १६ रन खर्चेर ३ तथा सीता राना मगरले ४ ओभरमा १९ रन खर्चेर २ विकेट लिइन् । कप्तान रुविनाले विकेट नलिए पनि ४ ओभरमा १२ रन मात्र खर्चिइन् ।

युएईका लागि आठौं नम्बरमा ब्याटिङ गरेकी वैस्नभी महेशले सर्वाधिक १६ रन बनाउदा ओपनर इशा ओझाले १५, कप्तान द्धायँ मुगलले १४ र खुशि शर्माले १२ रन जोडिन् ।

अस्मिनाको उत्कृष्ट बलिङ

अस्मिनाले शानदार बलिङ गर्दै ५ विकेट लिइन् । टी-२० मा अस्मिनाको यो व्यक्तिगत उत्कृष्ट बलिङ हो भने नेपालबाट समग्रमा तेस्रो उत्कृष्ट बलिङ हो । यसअघि अन्जली चन्दले १३ औं दषिण एसियाली खेलकुदमा माल्दिभ्स विरुद्ध २.१ ओभरमा एक रन पनि नदिई ६ विकेट लिएकी थिइन् । यस्तै नेरी थापाले २०१९ मा टी २० विश्वकप एसिया छनोटमा हङकङ विरुद्ध ४ ओभरमा ८ रन खर्चेर ६ विकेट लिएकी थिइन् ।

(यसअघि समाचारमा युएईले नेपाललाई ८२ रनको लक्ष्य दिएको हुनुपर्नेमा अन्यथा भएकोले सच्याइएको छ ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?