+
+

राजेन्द्र पाण्डेले भने : भोलि बेलुकी नयाँ मन्त्री आउँछन्

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १० गते १५:५३

१० असार, काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले शनिबार बेलुकीसम्ममा नयाँ मन्त्रीहरुको सपथ हुने बताएका छन् ।

पार्टी कार्यालयमा पत्रकारले मन्त्रीहरुले फिर्ता हुन नमानेको बारेमा सोधेको प्रश्नको उत्तर दिँदै पाण्डेले भने, ‘फिर्ता हुने नहुने भोलि बेलुकीसम्म थाहा पाउनुहुन्छ’, उनले भने , ‘यी साथीहरु जान्छन्, अर्को लट आउँछ ।’

एकीकृत समाजवादीले २२ जेठमा चार मन्त्री (रामकुमारी झाँक्री, विरोध खतिवडा, प्रेम आले र कृष्णकुमार श्रेष्ठ)लाई फिर्ता बोलाउने निर्णय गरेको थियो ।

उनीहरुसँगै सरकारमा गएका स्वास्थ्यराज्यमन्त्री भवानी खापुङलाई भने मन्त्री बनाउने सिफारिस गरिएको छ । यस्तै मेटमणि चौधरी, जीवनराम श्रेष्ठ र शेरबहादुर कुँवरलाई मन्त्री र हिरा केसीलाई राज्यमन्त्री बनाउने निर्णय भएको थियो ।

तर पार्टीको यो निर्णय कार्यान्वयन भएको छैन र मन्त्री फेर्ने भनेपछि विवाद बढेको छ ।  १० सांसदले मन्त्री हेरफेरको निर्णयविरुद्ध पार्टी अध्यक्ष माधवकुमार नेपाललाई ८ बुँदे ध्यानाकर्षण पत्र नै बुझाएका छन् ।

नेता पाण्डेले बजेटबारे छलफल चलिरहेको बेला मन्त्री फेर्ने भनी गरेको निर्णय अपरिपक्क भएकाले सामान्य विवाद आएको बताए ।

मन्त्रीबाट फिर्ता गरे पार्टी छाड्छौं भनेर चेतावनी दिएको छन् नि भन्ने प्रश्नमा पाण्डेले भने, ‘उहाँहरूले पार्टी छोड्न सक्नुहुन्न अहिले । छोड्ने ताकत छैन । छोड्न नपर्ने भएकाले छोड्दिउँ-छोड्दिउँ भन्या मात्रै हो ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?