+
+

साथीले चलाएको गोली लागेर युवक घाइते, २ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १२ गते १८:४०

१२ असार, सिरहा । सिरहाको लहानमा साथीले चलाएको गोली लागेर एक जना युवक गम्भीर घाइते भएका छन् ।

घाइते हुनेमा लहान नगरपालिका-२२ बेल्ही जटियाहीका युवक दिलिप मुखियाँ रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राचन्द्र साहले बताए ।

निरीक्षक साहका अनुसार दिलिपको पेटमा गोली लागेको छ भने उनलाई उपचारको लागि धरान लगिएको छ ।

घटना रविन चौधरीको घरमा भएको निरीक्षक साहले बताए । उनका अनुसार प्रहरीले घटना भए लगत्तै १९ वर्षीय शुशान्त चौधरी र लिलिप मुखियाँलाई नियन्त्रणमा लिएको छ ।

प्रहरी नियन्त्रणमा रहेका सुशान्त चौधरी, सुरज मुखिया र घाइते भएका दिलिप मुखिया कोठामा बस्‍ने साथी हुन् ।

प्रहरीले घ‍टनास्थलबाट एक थान पेस्तोल, ७.५ एमएम लेखिएको ५ राउण्ड गोली, १ थान म्‍याग्जिन र १ थान गोलीको खोका बरामद गरेको छ ।

यस्तै सुशान्त चौधरीको घर नजिकै बाँसघारीबाट एक थान कटुवा पेस्तोल, ५ राउण्ड गोली र ७.६ एमएम लेखिएको ४ वटा गोलीसमेत बरामद गरेको प्रहरी निरीक्षक साहले बताए ।

पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?