+
+

एमसीसीमा डुब्न लाग्दा त्यान्द्रोको सहारा लिएकै हो : प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १३ गते १७:३५

१३ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता अनुमोदन गर्दा १२ बुँदे व्याख्यात्मक घोषणा गरेर डुब्न लाग्दा त्यान्द्रोको सहारा लिएको टिप्पणी गरेका छन् ।

सोमबार काठमाडौंमा आयोजित नेपालमा समाजवाद : चुनौती र अवसर विषयक कार्यक्रममा उनले एमसीसी सम्झौता १२ बुँदे व्याख्यात्मक घोषणा गरेर मात्र स्वीकार गरेको र एसपीपी खारेज गराउन निर्णायक भूमिका खेलेको भन्दै आफ्नो बचाउ गरे । उनले एमसीसीमा १२ बुँदे ब्याख्यात्मक घोषणालाई डुब्न लाग्दा त्यान्द्रोको सहारा लिएको रुपमा व्याख्या गरे ।

‘एउटा परिस्थिथितिमा १२ बुँदे बनाएर ‘डुब्ते को तिन्के का सहारा’ गरेकै हो । यहाँ कुनै लुकीछिपी छैन । तर एसपीपी खारेज गराउने निर्णायक भूमिका हामीले नै खेलेको हो । यो सत्यलाई कसैले इन्कार गर्न हुँदैन’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?