+
+

विहार र यूपीका अनुदानको रासायनिक मल नेपालमा तस्करी

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १३ गते १८:५०
फाइल तस्वीर

१३ असार, काठमाडौं । विहार र उत्तर प्रदेश (यूपी) मा भारत सरकारले अनुदानमा उपलब्ध गराएको रासायनिक मल नेपालमा तस्करी हुने गरेको खुलासा भएको छ ।

राजस्व अनुसन्धान विभागले धादिङ र चितवनको सिमानाबाट ३ असारमा बा ६ ख ८२०९ र बा ६ ख ८२१० नम्बरका दुई वटा ट्रकमा ५ सय ५० बोरा मल बरामद गरेको थियो । अनुसन्धानका लागि काठमाडौं ल्याउने क्रममा ४ असारमा धादिङको धार्केमा मल बोकेको ट्रकलाई राजमार्गछेउमा रोकेर किसानले मल खोसेर लगेका थिए ।

अनुसन्धानको प्रारम्भिक विवरणअनुसार उक्त मल भारत सरकारले विहार र यूपीका किसानलाई अनुदानमा उपलब्ध गराएको मल भएको पुष्टि भएको विभागले जनाएको छ ।

विभागका प्रवक्ता दिवश आचार्यका अनुसार पक्राउ परेका ट्रक चालकले भने उक्त मल चितवनबाट ल्याएको बताएका छन् । तर, मलको बोरा र अन्य विवरण हेर्दा भारत सरकारको अनुदानको मल भएको खुलेको आचार्यले बताए ।

‘भारतले आफ्ना किसानलाई अनुदानमा दिएको मल नेपालसम्म आइपुगेको छ । त्यो पनि केही बोरा होइन, ५ सय बोरा भन्दा बढी छ । यो अनौठो हो’ आचार्यले भने ।

पक्राउ परेका ट्रक चालकले भने बरामद गरिएको मल चितवनबाट ल्याएको दावी गरेका छन् । तर, उनीहरुको साथबाट बरामद कागज पत्रले भने वीरगञ्ज भन्सारबाट गहुँ र सिमेन्टको प्रज्ञापनपत्र बनाएर मल भित्र्याइएको पाइएको विभागले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?