+
+

जग्गासम्बन्धी विवादमा नेपाल स्काउटको पक्षमा फैसला

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १३ गते २०:२२

१३ असार, काठमाडौं । जग्गासम्बन्धी विवादमा उच्च अदालत पाटनले नेपाल स्काउटको पक्षमा फैसला गरेको छ ।

स्काउटले खड्का ल्याण्ड एण्ड डेभलेपमेन्ट प्रालि विरुद्ध दिएको पुनरावेदन निवेदनमा उच्च अदालत पाटनका न्यायाधीशद्वय राजेन्द्र खरेल र नरिश्वर भण्डारीको संयुक्त इजलासले स्काउटको पक्षमा फैसला गरेको हो ।

नेपाल स्काउटको लैनचौरस्थित ३ रोपनी जग्गा खड्का ल्याण्ड एण्ड डेभलपमेन्ट प्रालिले १० वर्षका लागि भाडामा लिएको थियो । तर उक्त कम्पनीले १५ वर्षका लागि भाडामा लिएको भन्दै १० वर्षमा जग्गा खाली नगरी जिल्ला अदालत, काठमाडौंमा मुद्दा दायर गरेको थियो ।

२०७६ असार १८ गते जिल्ला अदालतले खड्का ल्याण्ड एण्ड डेभलपमेन्ट प्रालिको पक्षमा फैसला गरेको थियो । त्यसपछि नेपाल स्काउटले उच्च अदालतमा पुनरावेदन दिएको हो ।

नेपाल स्काउटका राष्ट्रिय अध्यक्ष लोकबहादुर भण्डारीले अदालतले सत्यको पक्षमा फैसला गरेको बताए । ‘राजनीतिक शक्तिको दुरुपयोग गरी स्काउटको जग्गा हडप्ने खड्काको योजना विफल भएको छ’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?