+
+

फलफूल पकाउन एसिटिलिन ग्याँस प्रयोग नगर्न आग्रह

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १४ गते १०:५०

१४ असार, काठमाडौं । फलफूल पकाउनका लागि कार्बाइड नामक एसिटिलिन ग्याँस प्रयोग नगर्न व्यवसायीलाई खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले अनुरोध गरेको छ । विभागले आज सूचना जारी गरी सो आग्रह गरेको हो ।

स्वास्थ्यमा प्रतिकूल असर पार्ने उक्त ग्याँसको प्रयोग गरेर काँचो फलफूल पकाउनु खाद्य नियमावली विपरीत पनि भएको विभागले जनाएको छ ।

व्यवसायीक रुपमा फलफूल पकाउन पर्ने व्यवसायीलाई अन्तराष्ट्रिय मापदण्डअनुसारको स्वीकृत रसायन मात्रै प्रयोग गर्न पनि विभागले सचेत गराएको छ ।

विभागले आँप लगायतका सिजनल फलफूलको प्रत्यक्ष सम्पर्कमा रहने गरी केमिकल प्रयोग नगर्न र त्यस्तो गरेको पाइए तत्काल विभागमा खबर गर्न उपभोक्तालाई आग्रह समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?