+
+

वीरगञ्जमा निजी विद्यालयले शुल्क बढाएको विरोधमा अभिभावक आन्दोलनमा

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १४ गते १३:०९

१३ असार, वीरगञ्ज । वीरगञ्जका निजी विद्यालयले मनोमानी ढंगले शुल्क बढाएको भन्दै अभिभावकले घटाउन पहल गरिदिन वीरगञ्ज महानगरपालिका र जिल्ला प्रशासन कार्यालय पर्सालाई आग्रह गरेका छन् ।

निजी विद्यालयले ५० प्रतिशतसम्म मासिक शुल्क वृद्धि गरिदिएको अभिभावकको गुनासो छ । महानगरपालिका र प्रशासन कार्यालयमा बुझाइएको ज्ञापनपत्रमा निजी विद्यालयले गरेको शुल्क वृद्धि, पाठ्यक्रम परिवर्तन लगायतका निर्णय खारेज गर्न माग राखिएको छ । नियम विपरी शुल्क लिने विद्यालयलाई कानुनी दायरामा ल्याउन पनि उनीहरुले माग गरेका छन् ।

वीरगञ्जका निजी तथा आवासिय विद्यालयको शुल्क बढाएको विरोधमा अभिभावकले चरणबद्ध आन्दोलन सुरु गरेका छन् । गत शनिबार भएको अभिभावक भेलाले सन्दीपकुमार साह संयोजक रहेको अभिभावक संघर्ष समिति गठन गरेको छ । सोही संघर्ष समितिले सोमबार १४ बुँदे माग सहितको ज्ञापनपत्र मेयर राजेशमान सिंह र प्रमुख जिल्ला अधिकारी उमेश ढकाललाई ज्ञापनपत्र बुझाएको हो ।

ज्ञापनपत्रमा शुल्क वृद्धि फिर्ता गर्नुपर्ने, हरेक वर्ष पाठ्यक्रम परिवर्तन गर्ने प्रवृत्ति रोक्नुपर्ने, धरौटी शुल्क लिने कार्य बन्द गर्नुपर्ने, नयाँ भर्ना शुल्क नियमानुसार लिनुपर्ने, अभिभावकले पोशाक पायक पर्ने पसलबाट किन्न पाउनुपर्ने र प्रत्येक दिन एकै किसिमको पोशाक लागु गर्नुपर्ने माग गरिएको छ । त्यस्तै अभिभावक भेला गरी व्यवस्थापन समिति गठन हुनुपर्र्ने, विद्यालय हाताभित्र दुर्घटना हुँदा उपचारको सम्पूर्ण व्यवस्था विद्यालयले गर्नुपर्ने लगायत माग उल्लेख छ ।

गुणस्तरीय शिक्षा सर्वसुलभ पाउनुपर्ने नागरिकको हक माथि निजी विद्यालयले प्रहार गरेकोले संघर्षमा उत्रनुपरेको संयोजक साहले बताए । वार्षिक र मासिक शुल्क मनोमानी बढाएको, विद्यालय पोशाक, किताबमा कमिशनखोरीको प्रवृत्ति बढेको र अभिभावक संघ निष्क्रिय रहेकोले संघर्ष समिति गठन गरिएको जानकारी उनले दिए ।

शिक्षा नियमावली २०५९ को परिच्छेद २४ मा विद्यालयको वर्गीकरण सम्बन्धी व्यवस्था छ । जसमा के कस्तो सुविधा उपलब्ध गराएको हो स्पष्ट खुलाई शैक्षिक सत्र सुरु हुनु भन्दा पहिले नै शुल्क सार्वजनिक गर्नुपर्ने कानुनी व्यवस्था छ ।

ज्ञापनपत्र बुझ्दै महानगरका नगर प्रमुख राजेशमान सिंहले एक साता भित्र अभिभावकको समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका छन् । प्रमुख जिल्ला अधिकारी उमेश ढकालले ज्ञापनपत्र सम्बन्धित निकायमा पठाएर समस्या समाधान गर्न निर्देशन दिने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?