News Summary
Generated by OK AI. Editorially reviewed.- सरकारले निजी विद्यालय सञ्चालकहरूलाई छलफलका लागि मन्त्रालयमा बोलाएको छ ।
- शिक्षा, विज्ञान तथा खेलकुद मन्त्री सस्मित पोखरेलले अपरान्ह ४ बजेका लागि छलफल तय गरेका हुन्।
- निजी विद्यालय सञ्चालकहरूले सरकारले ३ प्रतिशत शिक्षा समता शुल्क नलिने निर्णय गरेकोमा स्वागत गरेका छन् ।
५ असार, काठमाडौं । सरकारले निजी विद्यालय सञ्चाकहरूलाई छलफलमा बोलएको छ । ३ प्रतिशत शिक्षा समता शुल्क लिने निर्णयबाट सरकार ब्याक भएलगत्तै शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले छलफलमा बोलाएका हुन् ।
‘मन्त्रालयबाट ४ बजेका लागि छलफलमा बोलाइएको छ,’ प्याब्सन अध्यक्ष सुवास न्यौपानले भने । शिक्षामा लगाएको ३ प्रतिशत समता शुल्क नलिने निर्णयको निजी विद्यालय सञ्चालकहरूले स्वागत गरेका छन् । ‘यो जनमुखी निर्णय हो । सरकारको निर्णयलाई स्वागत गर्छौं,’ प्याब्सनका निवर्तमान अध्यक्ष डिके ढुंगानाले भने ।
आर्थिक वर्ष २०८३/०८४ मा सरकारले शिक्षा समता शुल्क तोकेपछि निजी विद्यालय र कलेजले १ साउनदेखि अभिभावकलाई बिल पठाउन थालेका थिए । तर प्रधामनन्त्री बालेन शाहले शिक्षा र स्वास्थ्यको समता शुल्क हटाउने निर्णय लिए ।
प्रतिक्रिया 4