+
+

स्लोभाकिया पठाउने भन्दै ५ लाख ठगेको आरोपमा १ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १४ गते १६:१९

१४ असार, काठमाडौं । कामका लागि स्लोभाकिया पठाइ दिन्छु भन्दै ३ जनासँगबाट ५ लाख रुपैयाँ ठगेको आरोपमा प्रहरीले एक जनालाई पक्रेको छ ।

पक्राउ पर्नेमा गुल्मीको धुर्कोट घर भई काठमाडौंको समाखुसी बस्ने ३२ वर्षका ईन्द्रबहादुर पछाई रहेका काठमाडौं उपत्यका अपराध अनुसन्धान महाशाखा मिनभवनका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिएका छन् ।

उनले स्लोभाकिया जानका लागि ९ लाख रुपैयाँ लाग्छ र १ लाख ३० हजार रुपैयाँसम्म मासिक तलब हुन्छ भन्दै नवलपुरको कावासोती घर भई काठमाडौं बस्ने रोसन भण्डारीसहित ३ जनासँग ५ लाख रुपैयाँ लिएको प्रहरीको आरोप छ ।

पक्राउ परेका पछाईलाई थप अनुसन्धानका लागि वैदेशिक रोजगारी विभागमा पठाएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?