+
+

विनोद चौधरी उम्मेदवार हुन खोजेको क्षेत्रमा शंकर तिवारीको पनि दाबी

उद्योगपति विनोद चौधरीले उम्मेदवार हुन इच्छुक रहेको नवलपुर–२ बाट कांग्रेसका युवा नेता शंकर तिवारीले पनि दाबी गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १४ गते १६:५२

१४असार, काठमाडौं । उद्योगपति विनोद चौधरीले उम्मेदवार हुन इच्छुक रहेको नवलपुर–२ बाट कांग्रेसका युवा नेता शंकर तिवारीले पनि दाबी गरेका छन् ।

नेपाली कांग्रेसको केन्द्रीय सदस्य समेत रहेका चौधरीले गत शुक्रबार पत्रकार भेटघाटमा नवलपुर–२ बाट उम्मेदवार हुने इच्छा व्यक्त गरेका थिए ।

सोही क्षेत्रबाट तिवारीले उम्मेदवारको दाबी रहने बताएका छन् । नवलपुर २ क्षेत्रका स्थानीय नेता तथा कार्यकर्ताको सल्लाह बमोजिम उम्मेदवारको दाबी रहेको उनले बताए ।
‘प्रत्यक्ष र अप्रत्यक्ष रुपमा संवादमा आउनु भएका बुङदी काली, कावासोती, मध्यबिन्दु, हुप्सेकोट हुँदै विनयी त्रिवेणीसम्मका नेतागण देखि मतदाता सम्मको सल्लाह, आशीर्वाद, आग्रह, शुभकामना मुताबिक नवलपुर २ बाट उम्मेदवारीमा दाबी गर्छु ।’ उनले भने ।

गत निर्वाचनमा यस क्षेत्रबाट एमाले विजयी भएको थियो । कांग्रेसका विष्णु कार्की पराजित भएका थिए । गत निर्वाचनमा पराजित कार्की पनि उम्मेदवार हुने लाइनमा छन् । परम्परागत राजनीतिमा बदलाव खोजिरहेका, युवा पुस्ता र पहिलो पटक भोट हाल्ने मतदाता माझ अर्कै लहर पनि चलिरहेको उल्लेख गर्दै मतदाताले राजनीतिमा पुस्तान्तरण खोजिरहेको बताए ।

राजनीतिक विषयवस्तुमा लेख्दै आएका तिवारीले १४औं महाधिवेशनमा केन्द्रीय सदस्यको उम्मेदवारी दिएका थिए । केन्द्रीय सदस्यमा उनले जीत निकाल्न भने सकेनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?