+
+

मेरो पार्टी उद्घाटन गर्दा नेपाल नै चकित हुनेछ : बामदेव गौतम

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १४ गते १८:३०

१४ असार, काठमाडौं । राष्ट्रिय सभा सदस्य एवं पूर्व उपप्रधानमन्त्री वामदेव गौतमले नेपालमा कम्युनिष्ट आन्दोलन नै धराशायी बन्दै गइरहेको बताएका छन् ।

मंगलबार काठमाडौंमा नेकपा राष्ट्रिय एकता अभियान पार्टीको घोषणा गर्दै उनले आफूले जग हालेको र आन्दोलन सुरु गरेको कम्युनिष्ट पार्टी नै धरासायी बनेकोले क्म्युनिष्ट एकताका लागि नै आफूले पार्टी घोषणा गरेको बताए ।

गौतमले आफूले घोषणा गरेको पार्टी उद्घाटनताका नेपाल नै चकित हुने दाबी गरे । ‘मैले आज पार्टीको जुन शिलान्यास गरेको छु, उद्घाटन गर्ने बेलामा नेपाल चकित हुनेछ । लाखौं व्यक्तिहरु यो पार्टीको वरपर गोलबन्दी हुनेछन्’ उनले भने ।

नेता गौतमले आफू हालसम्म गएका पार्टीहरु सुदृढ र राम्रो बनेको दाबी गर्दै उद्घाटनका बेला हजारौं मानिस आफ्नो साथमा हुने विश्वास व्यक्त गरे ।

म जुन पार्टीमा जान्छु त्यो पार्टी त्यस्तै हुन्छ । विगतमा पनि त्यस्तै भएको थियो । म जहाँ जहाँ सामेल भएको छु, इमान्दारी र बलिदानी भावनासाथ निःस्वार्थ भावनाकासाथ काम गरेको छु’ उनले भने ।

गौतमले आफ्ना पत्नी र छोरालाई पनि पार्टी केन्द्रीय कमिटीमा राखेकामा पनि प्रष्टीकरण दिए । केन्द्रीय कमिटीमा पनि हुनुहुन्छ, मेरा छोरा र श्रीमती । तर मेरो सिंगो पार्टी कम्युनिष्ट आन्दोलनमा छ । मेरा सबै सन्तान, आफन्त आन्दोलनमा लागेका छन्’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?