+
+

वैदेशिक रोजगारीमा ठगिएका परिवारलाई क्षतिपूर्ति

रासस रासस
२०७९ असार १४ गते १९:२९

१४ असार, मकवानपुर। मकवानपुरबाट वैदैशिक रोजगारीमा जाने क्रममा विभिन्न कारणले ठगिएर दुःख पाएका परिवारलाई हेटौँडाको एक संस्थाको सहयोगमा रु दुई करोड ५२ लाख ५७ हजार सम्बन्धित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराइएको छ ।

हेल्भिटास नेपालको सहकार्यमा मकवानपुरको हेटौँडामा रहेको सुरक्षित आप्रवासन स्रोत केन्द्रको सहयोगमा सो रकम उपलब्ध गराइएको हो ।

वैदैशिक रोजगारमा जाने क्रममा निधन भएका र ठगी तथा विदेशी रोजगारदाता कम्पनीसँग असुलउपर गर्न बाँकी रहेको सो रकम सम्बन्धित परिवारलाई भुक्तानी गरिएको हो ।

हेल्भिटास नेपालको सुरक्षित आप्रवासन सामी परियोजना कार्यक्रमका संयोजक अन्जिता थापामगरका अनुसार लामो समयको पहलपछि सो केन्द्रको सहयोगमा क्षतिपूिर्त उपलब्ध गराइएको हो ।

केन्द्रमा ठगीका ५०, उद्धारका २५ तथा मृत्युका २८ मुद्दा दर्ता भएका थिए । एकीकृत ग्रामीण विकास सेवा संस्थाको साझेदारीमा उक्त परियोजना स्थानीय तहमार्फत सञ्चालन हुँदै आएको छ ।

 

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?