+
+

तनहुँमा जिपको ठक्करबाट मोटरसाइकलमा सवार २ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १५ गते १०:०६

१५ असार, तनहुँ । तनहुँको ब्यास नगरपालिका–१२ देउरालीमा जिपको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।

डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको बा ४३ प ३०२० नम्बरको मोटरसाइकललाई हिजो साँझ ६ बजे विपरीत दिशाबाट जाँदै गरेको ग ३ च ४१८२ नम्बरको जिपले ठक्कर दिएको थियो । सो दुर्घटनामा मोटरसाइकल चालक मकवानपुरको भिमफेदी गाउँपालिका १ का २६ वर्षीय जयराम मोक्तान र मोटरसाइकलमा पछाडि सवार सोही स्थानका २३ वर्षीय दीपेश गोलेको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको उपचारका क्रममा रत्नहरी अस्पताल दमौलीमा मृत्यु भएको प्रहरीले जनाएको छ । जिपसहित चालकलाई जिल्ला प्रहरी कार्यालय तनहुँले नियन्त्रणमा लिएको छ ।

यसैगरी प्युठानको ऐरावती गाउँपालिका–४ धुवाङमा गएराति सुदूरपश्चिम प्रदेश ०१–००२ त ५२१२ नम्बरको ट्याक्टरबाट खसेर स्थानीय ३८ वर्षीया शान्ता रोकाको मृत्यु भएको छ । ट्याक्टरबाट खसेर गम्भीर घाइते भएकी उनको उपचारको क्रममा जिल्ला अस्पताल बिजुवारमा मृत्यु भएको प्यूठान प्रहरीले जनाएको छ ।

यस्तै मोरङको रंगेली नगरपालिका ७ मा मंगलबार दिउँसो साढे ३ बजे माउन्टेन मकालु बोर्डिङ स्कुलको को १ क ११३० नम्बरको बसले ठक्कर दिंदा स्थानीय महादेव मण्डलका ४ वर्षीय छोरा रितिकको मृत्यु भएको छ । बसको ठक्करबाट घाइते भएकी नरेश मण्डलकी ५ वर्षीया छोरी सनम कुमारीलाई थप उपचारका लागि विराटनगर लगिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?