+
+
धान दिवस :

मन्त्रीले मेसिनले अरुले हातले रोपे धान (फोटो फिचर)

नवीन ढुंगाना चन्द्रबहादुर आले नवीन ढुंगाना, चन्द्रबहादुर आले
२०७९ असार १५ गते १०:५५

१५ असार, ललितपुर । सरकारले खुमलटारस्थित राष्ट्रिय बालीविज्ञान अनुसन्धान केन्द्रको फार्म परिसरमा १९औं रोपाइँ महोत्सव मनाएको छ ।

‘धानबालीमा जैविकताको उपयोग, आयात प्रतिस्थापनमा सहयोग’ भन्ने नाराका साथ आयोजना गरिएको मूल समारोहमा कृषि तथा पशुपन्छी विकासमन्त्री महिन्द्र राय यादवले मेसिनबाट धान रोपेर महोत्सव आरम्भ गरे ।

चीनमा बनेको राइस ट्रान्सप्लाटर (धान रोप्ने मेसिन)मा बसेर मन्त्री यादवले १२ लाइन धान रोपे । एक पटकमा ६ लाइन रोपाइँ गर्ने उक्त मेसिनमा बसेर प्रविधिकको सहयोगमा मन्त्री यादवले दुई फन्को मारेका थिए । अरु रोपाहारले भने हातैले धान रोपे ।

मन्त्री यादवलाई रोपाइँमा राष्ट्रिय योजना आयोगका सदस्य डा. दीलबहादुर गुरुङले साथ दिएका थिए । कृषि अनुसन्धान परिषद् हातामा रोपाइँका लागि तयार गरिएको खेतको उक्त गरामा थप धान रोपाइँ गर्न कृषि आयोगका अध्यक्ष डा प्रेम दंगाल पनि अघि सरे ।

दंगालले खेतको गरामा  ट्रान्सप्लाटरमा बसेर एक फन्को मारे । रोपाइँ महोत्सवमा कृषि सचिव डा गोविन्द शर्मा, नार्कका अधिकारी, कृषि मन्त्रालय र विभागका अधिकारीहरू पनि सहभागी भए ।

महोत्सवमा महिला सशक्तीकरण पञ्चेबाजा समूहको प्रस्तुतिसमेत थियो ।

 

लेखकको बारेमा
नवीन ढुंगाना

चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?