+
+

दीपक हुडा र सन्जु सामसनको कीर्तिमानी साझेदारी, भारतको रोमाञ्चक जित

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १५ गते १२:२१

काठमाडौं । दिपक हुडाले टी २० अन्तर्राष्ट्रियमा पहिलो शतक प्रहार गरेको खेलमा भारतले आयरल्याण्डमाथि ४ रनको रोमाञ्चक जित निकालेको छ ।

हुडा र सन्जु सामसनले यसै खेलमा दोस्रो विकेटका लागि विश्व कीर्तिमानी साझेदारी पनि गरे ।

दोस्रो खेल जित्दै भारतले दुई खेलको टी २० शृंखला पनि २-० ले जितेको छ ।

हुडा र सामसनले दोस्रो विकेटका लागि १७६ रनको साझेदारी गरेपछि डब्लिनमा टस जितेर पहिले ब्याटिङ गरेका भारतले ७ विकेट गुमाएर २२५ रन बनाएको थियो ।

हुडा र सामसनले सन् २०१० मा श्रीलंकन माहेला जयबर्दने र कुमार सागाकारले बनाएको १६६ रनको साझेदारीको कीर्तिमान तोडे । समग्रमा भने हुडा र सामसनको साझेदारी टी २० अन्तर्राष्ट्रियमा नवौँ ठूलो साझेदारी हो ।

तेस्रो नम्बरमा ब्याटिङ गरेका हुडाले पहिलो टी २० शतक प्रहार गर्ने क्रममा ५७ बल खेल्दै ९ चौका र६७ छक्का प्रहार गरेका थिए । यस्तै ओपनर सन्जु सामसनले ४२ बल खेल्दै ९ चौका र ४ छक्का मद्दतमा ७७ रन बनाए । ओपनर इशान किसन ३ रनमा आउट भएपछि सामसन र हुडाले भारतीय इनिङ्स सम्हालेका थिए ।

२२६ रनको लक्ष्य पछ्याउने क्रममा आयरल्याण्डले पनि उत्कृष्ट ब्याटिङ गरेको थियो । तर लक्ष्य पूरा गर्नबाट ४ रनले चुक्यो । अन्तिम बलमा आयरल्याण्डला२ जितका ६ रन चाहिएको थियो । तर मार्क अडेरले २ रन मात्र लिन सकेन ।

आयरल्याण्डका लागि कप्तान एन्डी बेलब्रिनले सर्वाधिक ६० रन बनाए । पउल स्टरलिङले ४० र ह्यारी टेक्टरले ३९ रन जोडे ।  जर्ज डकरेलले अविजित ३४ र मार्क अडेरले अविजित २३ रन बनाए ।

भारतका भुवनेश्वर कुमार, हर्षल पटेल, रवि बिश्नोई र उमरान मलिकले एक-एक विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?