+
+

पीएसजीबाट पोचेटिनो बहिर्गमन प्रक्रियाले अझै पूर्णता पाएन

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १५ गते १३:५७

१५ असार, काठमाडौं । सम्झाैताअनुसार भुक्तानी प्रक्रियामा सहमति हुन नसकेपछि फ्रान्सेली महारथी पेरिस सेन्ट जर्मेइन (पीएसजी)बाट माउरिसियो पोचेटिनोको बहिर्गमन प्रक्रिया लम्बिएको छ ।

केलियन एम्बाप्पेले नयाँ सम्झौतामा हस्ताक्षर गरेपछि र स्पोर्टिङ डाइरेक्टर लियोनार्दोलाई पदमुक्त गरेपछि यी अर्जेन्टाइन प्रशिक्षकको पद धरापमा परेको थियो ।

आफ्नो बर्खास्तगी प्रक्रिया जुन अन्तिमसम्म पुग्ने पोचेटिनो आफैंले अपेक्षा गरेका थिएनन् । क्लबसँग पोचेटिनोले आफू र आफ्ना कोचिङ अफिसियललाई सम्झौताको अन्तिम वर्षसम्म नियमित सुविधाको माग गरेका छन् ।

साथै आफूले नयाँ जागिर नपाएसम्म आफ्नो तलव सुविधा मासिक रुपमा पीएजीले भुक्तानी गर्नुपर्ने सर्त उनले राखेका छन् ।

यसमा पीएसजी सकारात्मक नभएका कारण सम्झौता हुन नसकेको हो । तर, कुनै न कुनै विन्दूमा पीएसजी र पोचेटिनोबीच सहमति हुनैपर्ने छ ।

किनभने पीएसजीले उनको स्थानमा क्रिष्टोफ गाल्टियरसँग सम्झौताको नजिक पुगेको छ । गत सिजन निसका लागि प्रशिक्षण सम्हाल्नुअघि रणनीतिक प्रशिक्षक गाल्टियरले लिलीलाई सन् २०२१ को लिग वान जिताएका थिए ।

पोचेटिनो र पीएसजीको प्रकरणमा सहमति नभए यो विषय अदालतसम्म पुग्नसक्छ । अहिलेसम्म दुवै पक्षले यो विकल्पमा पुगिसकेका छैनन् ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?