+
+

म बाँचुन्जेल केरुङबाट काठमाडौं रेल आउँछ जस्तो लाग्दैन : विश्वप्रकाश शर्मा

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १५ गते २०:०१

१५ असार, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपालले केरुङ–काठमाडौं रेलमार्ग निर्माण गर्न नसक्ने दाबी गरेका छन् ।

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै महामन्त्री शर्माले चीन र भारतलाई रेल मार्ग लिजमा बनाउन दिनु उपयुक्त हुने बताए । उनले नुवाकोट र रसुवाका नागरिकलाई सरकारले यो बनाउन सक्दैन भन्ने कुराको यथार्थ बताउनुपर्ने पनि धारणा राखे ।

‘विश्वप्रकाश शर्मा बाचुन्जेल केरुङबाट काठमाडौं रेल आउँछ जस्तो लाग्दैन । हामीले नुवाकोट र रसुवाका नागरिकलाई सरकारले यो बनाउन सक्दैन भन्नुपर्छ । (रेल) आउनुपर्छ त्यो तर नेपालले प्रष्ट भन्नुपर्छ, हामी सक्दैनौं, (चीनलाई) तिमीहरु व्यापार गर, लिज बाटो दिन्छौँ । सामान लैजाउ बाटो दिन्छौं’ उनले भने ।

महामन्त्री शर्माले नेपालले छिमेकी देश चीन र भारतलाई नेपालले केरुङ–काठमाडौं रेलमार्ग निर्माण गर्न नसक्ने भारत र चीनले उपहारमा दिए लिन चाहेको भनेर प्रस्ताव राख्नुपर्ने बताए ।

‘हामी गरिब राष्ट्र छौंं, तिमीहरुको एउटा गिफ्ट प्रोजेक्ट लिन चाहन्छौं भन्न भारत र चीनलाई भन्न सक्नुपर्छ । नेपालले ढुकुटीको पैसा लगानी गरेर वा सफ्ट लोन लिएर हामीले बनाउन सक्छौं भन्दै गर्दा सोच्ने भनेको मेचीदेखि महाकालीको रेलमार्ग हो’ उनी भन्छन् ।

महामन्त्री शर्माले अहिले केरुङ–काठमाडौं रेलमार्गको पूर्व सम्भाव्यता अध्ययन गरिरहेको भएपनि रेल कहाँबाट ल्याउने र सक्छौँ वा सक्दैनौँ भन्ने आधार नै नरहेको बताए ।
उनले एउटै अन्तर्राष्ट्रिय विमानस्थल व्यवस्थित गर्न नसकेको भन्दै एउटाबाट दोस्रोमा जानुपर्ने बेलामा एकैपटक ४ वटामा प्रवेश गर्नु गलत भएको बताए ।

‘एउटै अन्तर्राष्ट्रिय विमानस्थललाई व्यवस्थित बनाउन सकिएको थिएन, एकैपटक ४ वटामा पुग्यौं । एउटापछि त २ वटामा जाने हो नि । हामी एउटाबाट दोस्रोमा जाने हो । तर किन सबैतिर गयौं भन्दा हामीलाई एकैपटक चुनाव लाग्छ’ महामन्त्री शर्माले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?