+
+

कुमारी बैंकका ग्राहकलाई माया मेट्रो अस्पतालको सेवामा विशेष छुट

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १५ गते १७:१८

काठमाडौं । कुमारी बैंक लिमिटेडका ग्राहकलाई धनगढीको कैलालीमा रहेको माया मेट्रो अस्पतालले उपलब्ध गराउने स्वास्थ्य सेवामा विशेष छुट पाउने भएका छन् ।

दुवै संस्थाबीच सम्झौता पत्रमा हस्ताक्षर भएसँगै सो अस्पतालले प्रदान गर्ने स्वस्थ्य उपचारसम्बन्धी सेवामा बैंकका ग्राहकले छुट पाउने भएका हुन् ।

सम्झौता अनुसार सो अस्पतालबाट सेवा लिए बापत कुमारी बैंकका ग्राहकले कुनै पनि भुक्तानी डेबिट/क्रेडिट कार्डबाट गर्दा ल्याब, अल्ट्रासाउन्ड, इकोकार्डियोग्राम, इन्डोसकोपी, बेड चार्जमा १० प्रतिशत छुट र ओटी, एम्बुलेन्स सेवामा ५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?