+
+

वृद्धभत्ता : बजेटमा ६८ बर्ष, विधेयकमा मौन

सरकारले आगामी आर्थिक बर्षका लागि ल्याएको बजेटमा ६८ वर्षमै वृद्धभत्ता दिने उल्लेख छ । तर, सरकारले संसदमा दर्ता गरेको वृद्धभत्तासँग सम्बन्धित सामाजिक सुरक्षा ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक भने वृद्धभत्ता पाउने उमेरबारे मौन रहेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १५ गते १७:५६

१५ असार, काठमाडौं । सरकारले आगामी आर्थिक बर्षका लागि ल्याएको बजेटमा ६८ वर्षमै वृद्धभत्ता दिने उल्लेख छ । तर, सरकारले संसदमा दर्ता गरेको वृद्धभत्तासँग सम्बन्धित सामाजिक सुरक्षा ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक भने वृद्धभत्ता पाउने उमेरबारे मौन रहेको छ ।

संघीय संसदको संयुक्त सदनमा बजेट प्रस्तुत गर्दै जेठ १५ गते अर्थमन्त्री जनार्दन शर्माले ६८ बर्षमै बृद्ध भत्ता दिने घोषणा गरेका थिए । तर, २९ जेठ २०७९ मा गृहमन्त्री बालकृष्ण खाँणले प्रतिनिधिसभामा दर्ता गरेको सामाजिक सुरक्षा ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयकमा भने बृद्ध भत्ता पाउने उमेरबारे केही उल्लेख गरिएको छैन ।

प्रचलित ऐनको दफा ४ (१) मा दलित र एकल महिला जेष्ठ नागरिकले ६० वर्ष उमेर पुरा गरेपछि र अन्य जेष्ठ नागरिकले ७० बर्ष उमेर पुरा गरेपछि सामाजिक सुरक्षा भत्ताको रुपमा नेपाल सरकारले तोके बमोजिम बृद्ध भत्ता (जेष्ठ नागरिक भत्ता) पाउने उल्लेख छ ।

यही ऐन संशोधन गर्न ल्याइएको विधेयकमा यो यो दफामा संशोधन गर्ने प्रस्ताव नै राखिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?