+
+

लुकाकु लोनमा इन्टर मिलान फर्किए

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १६ गते ११:३७

१६ असार, काठमाडौं । चेल्सीका फरवार्ड रोमेलु लुकाकु लोनमा इटालियन क्लब इन्टर मिलानमा फर्केका छन् । गत सिजन इन्टरबाटै प्रिमियर लिग क्लब चेल्सीमा अनुबन्ध भएका लुकाकु एक वर्षपछि नै लोनमा इन्टर फर्केका हुन् ।

बेल्जियन खेलाडी लुकाकुलाई चेल्सीले सन् २०२१ मा क्लब कीर्तिमानी रकम ९८ मिलियन पाउण्डमा अनुबन्ध गरेको थियो । तर अहिले २९ वर्षीय यी पर्वार्डका लागि इन्टरले ८ मिलियन युरो लोन फ्रि तिर्ने सहमति गरेको छ ।

लुकाकुले सन् २०२०-२१ मा इन्टरलाई सिरी ए  उपाधि जिताउन सहयोग गरेका थिए ।

चेल्सीमा गत सिजन नियमित पहिलो रोजाइमा नरहेका लुकाकुले गत सिजन सबैखाले प्रतियोगितामा गरी १५ गोल  गरेका थिए ।

लुकाकुले आफू इन्टर फर्केको र यसमा खुशी रहेको प्रतिक्रिया दिएका छन् । इन्टर टिभीसँगको अन्तर्रावार्तामा लुकाकुले इन्टर फर्कनु होम कमिङ जस्तै रहेको बताए ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?