+
+
Shares
कविता :

सपना देख्दादेख्दै बुढो भएछु

राकेश कार्की राकेश कार्की
२०७९ असार १६ गते ११:४८

कति भेटिए उज्यालोमा

कति भेटिए अन्धकारमा

कति साथी तरिसके

कति यही संसारमा

जिन्दगीको रंगमञ्चमा

अभिनय गर्दै गएछु

सपना देख्दादेख्दै

म त बुढो भएछु

 

हाँसोहरुले हाँस्दै जान्छ

आँसुहरुले रुँदै जान्छ

जिन्दगी यस्तै हो

आफैं नै हुँदै जान्छ

दु:खसुखको लामो कहानी

माया गर्ने उनी मात्र रहिछिन्

सपना देख्दादेख्दै मेरी

प्रिया पनि त बुढी भइछिन्

 

हुर्काएका छोराछोरी

पखेंटा हाली उडिजाने

हृदयमा सधैं सधैं

तिनकै माया गडिजाने

खेलेका आँगन पढेका किताब

आहा ती रमाइला क्षण

सपना देख्दादेख्दै ती

कति चाँडो जवान भएछन्

 

समय हो रात र दिन

यो धरतीमा छाइरहन्छ

पुरानो दृश्य सकिन्छ

नयाँ दृश्य आइरन्छ

केही कुरा सम्झनामा

धेरै कुरा बिर्संदै गएछु

सपना देख्दादेख्दै

म त बुढो भएछु

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?