+
+

एनआईसी एशिया बैंकको सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना सार्वजनिक

निक्षेपकर्ताले निक्षेप रकमको १० गुणासम्म रकम पाउने

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १६ गते १३:१३

काठमाडौं । एनआईसी एशिया बैंकले निक्षेप रकमको १० गुणा रकम फिर्ता हुने सर्वाधिक उच्च ब्याजदरसहितको नवीनतम ‘एनआईसी एशिया सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना’ सार्वजनिक गरेको छ ।

बैंकले जारी गरेको विज्ञप्ति अनुसार यो योजना १२ असारदेखि लागू हुने गरी व्यक्तिगत, संस्थागत एवं रेमिट्यान्स ग्राहकलाई लक्षित गरी ल्याएको हो ।

हाललाई छोटो अवधिसम्म लागू हुने यो योजनामा निक्षेपकर्ताहरुले ५ वर्ष १० महिनादेखि १९ वर्ष १० महिनासम्म मुद्दती खातामा रकम जम्मा गरे अनुसार डबलदेखि १० गुणासम्म निक्षेप रकम फिर्ता पाउनेछन् ।

निक्षेपकर्ताहरुले आफूले निक्षेप गरेको रकमको ८० प्रतिशत बराबर रकम कर्जा समेत लिन सक्नेछन् ।

योजनाका विभिन्न अवयवहरु :

योजना व्याक्तिगत संस्थागत रेमिट्यान्स
२ गुणा ६ वर्ष ४ महिना २५ दिन ७ वर्ष २ महिना २७ दिन ५ वर्ष १० महिना १४ दिन
३ गुणा १० वर्ष २ महिना १४ दिन ११ वर्ष ८ महिना ९ दिन ९ वर्ष ४ महिना १० दिन
४ गुणा १२ वर्ष ११ महिना २ दिन १४ वर्ष १० महिना २९ दिन ११ वर्ष १० महिना ७ दिन
५ गुणा १५ वर्ष ० महिना १३ दिन १७ वर्ष ५ महिना ९ दिन १३ वर्ष ९ महिना १५ दिन
६ गुणा १६ वर्ष ९ महिना ६ दिन १९ वर्ष ६ महिना ७ दिन १५ वर्ष ४ महिना १७ दिन
७ गुणा १८ वर्ष २ महिना २४ दिन २१ वर्ष ३ महिना १३ दिन १६ वर्ष ८ महिना २१ ीदन
८ गुणा १९ वर्ष ६ महिना १ दिन २२ वर्ष ९ महिना २६ दिन १७ वर्ष १० महिना २० दिन
९ गुणा २० वर्ष ७ महिना १५ दिन २४ वर्ष २ महिना ५ दिन १८ वर्ष ११ महिना १ दिन
१० गुणा २१ वर्ष ७ महिना १७ दिन २५ वर्ष ४ महिना २३ दिन १९ वर्ष १० महिना २ दिन

यसअघि बैंकले ५ वर्षसम्म कुल  ८४ लाख रुपैयाँसम्मको बीमा सुनिश्चित गर्ने सर्वाधिक उच्च ब्याजदर, तीन बीमा/तीन कर्जा सम्बन्धी फाइदाहरू र १८ अन्य सर्वश्रेष्ठ गरी कुल २४ फाइदाहरू रहेको ‘सर्वश्रेष्ठ बचत खाता’ योजना सञ्चालनमा ल्याएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?