+
+

आयल निगम व्यापारीलाई दिन अर्बको चलखेल छ : रामचन्द्र पौडेल

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १६ गते १३:३९

१६ असार, काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले नेपाल आयल निगम व्यापारीलाई दिन खोजेको र किसानलाई मल दिन नसकेको भन्दै सरकारको आलोचना गरेका छन् ।

६४ औ संसद सेवा दिवसका अवसरमा काठमाडौंमा भएको कार्यक्रममा उनले भने, ‘फेरि पनि सुन्दै छु, आयल निगम व्यापारीलाई दिने रे । यो चलखेल हो, यहाँ करोडको कुरा छैन अर्बका कुरा छन् ।’

उनले किसानलाई मल दिन नसकेकोमा पनि सरकारको आलोचना गरे । उनले नीतिगत भ्रष्टाचारका कारण किसानले मल नपाएको बताए । ‘खेती गर्ने बेला छ, मलको हाहाकार छ,’ उनले भने, ‘यो सबै नीतिगत भ्रष्टाचारले भएको हो ।’

कृषि सामग्री केन्द्रलाई कम्पनी लिमिटेडमा लगेपछि नेपालमा कहिल्यै किसानले समयमा मल नपाएको उनको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?