+
+

बाँकेमा शंकास्पद वस्तु बोकेको भारतीय कन्टेनर प्रहरी नियन्त्रणमा

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १७ गते १४:५४

१७ असार दाङ । बाँकेमा शंकास्पद वस्तुसहित एउटा भारतीय कन्टेनर प्रहरीले नियन्त्रणमा लिएको छ ।

बाँकेको जमुनाह नाकाबाट भारततर्फ तर्फ जादै गरेको कन्टेनरमा अवैध वस्तु लुकाएर लैजानेक्रममा प्रहरी कार्यालय बाँकेले शुक्रवार बिहान १० बजे कन्टेनर नियन्त्रणमा लिएको हो ।

कन्टेनर खाली देखिए पनि अगाडिको भागमा वेल्डिङ गरेर बोरामा सेतो गेडा भएको वस्तु लुकाइएको अवस्थामा फेला परेको प्रवक्ता मधुसुधन न्यौपानेले बताए ।

उनले उक्त बस्तु अफिमको बीउ हुन सक्ने बताए । कन्टेनरबाट २५ किलोका परिमाणले २ सय ५० बोरा नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको प्रवक्ता न्यौपानले बताए ।

बरामपद गरिएको उक्त बस्तु लागूऔषध अफिमको बीउ भए नभएको पुष्टि गर्न परिक्षणका लागि भन्सार कार्यालय नेपालगञ्जमा पठाएको प्रहरीले जनाएको छ । नियन्त्रणमा लिएको कन्टेनरका चालक र सहचालक भने फरार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?