+
+

अखिल क्रान्तिकारीको असन्तुष्ट पक्षले राष्ट्रिय भेला आयोजक समिति घोषणा गर्दै

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १८ गते ८:०१

१८ असार, काठमाडौं । नेकपा (माओवादी केन्द्र) को विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)को विवाद उत्कर्षमा पुगेको  छ । असन्तुष्ट पक्षले आज छुट्टै भेला आयोजना गरेको छ ।

बानेश्वर क्याम्पसमा हुने भेलाबाट राष्ट्रिय भेला आयोजक समिति घोषणा गरिने असन्तुष्ट विद्यार्थीहरूले बताएका छन् ।

असन्तुष्ट पक्षको नेतृत्व पवन कार्कीले गर्नेछन् । उनी संगठनमा उपाध्यक्ष थिए तर उनीसहित केही नेताहरू कारबाहीमा परेका छन् । कार्कीसहितका विद्यार्थी नेतामाथि कारबाही गरिएपछि अखिल क्रान्तिकारीको विवाद थप उत्कर्षमा पुगेको हो ।

असन्तुष्ट पक्षका एक विद्यार्थी नेताका अनुसार आज वानेश्वर क्याम्पसबाट पवन कार्कीको संयोजकत्वमा १९९ सदस्यीय विशेष राष्ट्रिय भेला आयोजक समिति घोषणा गरिनेछ। अहिले आयोजक समिति सदस्यहरूको नाम संकलन भइरहेको छ ।

संयोजकका साथै केही विभाग र कार्यालय टिम तयारी गरी राष्ट्रिय भेलाको तिमिबारे पनि छलफल हुने असन्तुष्ट पक्षका नेता बालकुमार केसीले जानकारी दिए । तल्लो कमिटीबाटै संगठनको पुनर्गठन गर्दै आउने उनले बताए ।

असन्तुष्ट पक्षले आगामी असोजसम्म राष्ट्रिय भेला गर्ने गरी तयारी थालेको छ ।

संगठन विधान विपरीत चलेको, निषेध गरिएको र पार्टी अध्यक्ष प्रचण्डको निर्देशनविपरीत कमिटी चयन गरिएको आरोप असन्तुष्ट पक्षको छ । उनीहरूले आफ्ना मागबारे पार्टी अध्यक्ष प्रचण्डको समेत ध्यानाकर्षण गराइसकेका छन् ।

क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले भने संगठनविरुद्ध हुने भेलामा सहभागी नहुन आग्रह गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?