+
+

मोरङमा धम्क्याएर रकम असुल गर्न खोज्ने दुई जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १८ गते १८:५७

१८ असार, काठमाडौं । मोरङमा धम्की दिएर रकम असुल गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मोरङको पथरी शनिश्चरे नगरपालिका-६ का गणेशकुमार कार्की र सोही ठाउँका विशाल ऋषिदेव रहेका छन् । प्रहरीका अनुसार विराटनगर कञ्चनबारी बस्ने कार्कीले विराटनगर महानगरपालिका-३ का मुकेश शर्मालाई जेठ ३१ गते पत्र र फोन मार्फत धम्की दिई रकम माग गरेका थिए ।

शुक्रबार शर्माले मनि ट्रान्सफरमार्फत २५ हजार रुपैयाँ पठाएका थिए । उक्त रकम पथरी शनिश्चरे नगरपालिका-६ हसन्दहस्थित मनि ट्रान्सफरबाट झिक्ने क्रममा प्रहरीले विशाल ऋषिदेवलाई पक्राउ गरेको थियो ।

त्यसपछि उनकै वयान अनुसार गणेशकुमार कार्कीलाई पनि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए । उनीहरुमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?