+
+

राष्ट्रिय भलिबलको उपाधि पुलिस क्लबलाई

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १८ गते १९:४३

१८ असार, काठमाडौं । विभागीय प्रतिद्वन्द्वी एपीएफ क्लबलाई हराउँदै नेपाल पुलिस क्लबले बागमती प्रदेश न्यू डायमण्ड कप खुल्ला महिला राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि शनिबार जितेको छ ।

कीर्तिपुरस्थित बहुउद्देश्यीय कभर्ड हलमा शनिबार भएको फाइनल तथा विभायीग डर्बीमा पुलिसले नेपाल एफीएफ क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि जितेको हो । राउन्ड रोबिन लिग खेलमा पनि जित निकालेको पुलिसले फाइनलमा पनि निरन्तरता दिन सफल भएको हो ।

लिगमा पुलिसले एपीएफमाथि ३–१ को सेटमा जित निकालेको थियो । पुलिसले उपाधि जित्ने क्रममा पहिलो सेट २५–१६, दोस्रो २७–२५ र तेस्रो सेटमा २५–१९ को रोमाञ्चक जित निकालेको हो ।

यससँगै विजेता पुलिसले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । यस्तै उपविजेता एपीएफले २ लाख ५० हजार रुपैयाँ पाएको छ । नियमित स्पाइकर सरस्वती चौधरी चोटका कारण कोर्ट बाहिर रहँदा एपीएफले पछिल्लो समय खराब नतिजाको सामना गरिरहनु परेको छ ।

प्रतियोगिता अन्तर्गत शनिबार नै फाइनल अघि सम्पन्न तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धामा आयोजक न्यू डायमन्डले परोपकार गर्ल्स होस्टललाई पनि सोझो सेटमा हराउँदै तेस्रो स्थानको उपाधि उचाल्यो ।

तेस्रो स्थान प्राप्त गर्ने क्रममा डायमण्डले परोपकारलाई क्रमशः २५–१२, २५–१४ र २५–२३ को सेटमा पराजित गरेको थियो । तेस्रो भएको न्यूडायमण्डले नगद १ लाख २५ हजार रुपैयाँ प्राप्त गर्‍यो भने चौथो भएको परोपकारले ७५ हजार रुपैयाँ पायो ।

प्रदेश खेलकुद विकास परिषद बागमती प्रदेश तथा न्यू डायमन्ड स्पोर्ट्स क्लबको संयुक्त आयोजनामा सञ्चालन भएको प्रतियोगितामा आयोजक न्यू डायमन्डसँगै नेपाल पुलिस, एपिएफ र परोपकार गल्र्स होस्टल गरी कुल चार टोलीको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?