+
+

क्यान्टिनकी कर्मचारी मृत भेटिएपछि केएमसी स्कुल अशान्त

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १९ गते १२:१०

१९ असार, काठमाडौं । काठमाडौंको बुद्धनगरस्थित केएमसी स्कुलको क्यान्टिनमा कार्यरत कर्मचारी मृत भेटिएपछि स्कुलको वातावरण केही समय अशान्त बनेको छ ।

काभ्रेको तेमाल गाउँपालिका स्थायी घर भएकी २१ वर्षीया रमा रायमाझी स्कुलको गर्ल्स होस्टेलको छेउमा झुण्डिएको अवस्थामा शनिबार बेलुका मृत फेला परेकी थिइन् ।

रमाका आफन्त बिहान आइपुगेका छन् । उनीहरूले घटनाको स्वतन्त्र छानबिन गर्न माग गरेका छन् । आफन्तले रमाको शव हेर्न नदिएको भन्दै आक्रोश पोखेका थिए ।

छानबिन गर्न माग गरिरहेका बेला स्कुल प्रशासनले मिल्न भनेपछि आफन्तहरू थप आक्रोशित भएका हुन् । अहिले भने स्कुलको वातावरण शान्त रहेको प्रहरीले बताएको छ ।

मृतक रायमाझी त्यहाँ डेढ वर्षदेखि कार्यरत थिइन् । उनको हत्या भएको आशंका गर्दै आफन्तले शव उठाउन दिएका छैनन् ।

रातिदेखि अहिले बिहानसम्म पनि त्यहाँ आफन्त र स्थानीयको भिडभाड छ ।

तस्वीर : शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?