+
+

बालेनले लगाइदिएको ‘श्रीपेच’ विवादमा, अभियन्ता भन्छन्- यो र्‍याप ब्याटल जितेर पाउने मुकुट होइन

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १९ गते १६:४३

काठमाडौं । र्‍याप गायनमा आधारित टीभी रियालिटी शो ‘नेपहपको श्रीपेच’का विजेतालाई प्रदान गरिएको मुकुट विवादमा परेको छ । शनिबार शोका विजेता भाइबर साइमनलाई निर्णायक समेत रहेका काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले उक्त मुकुट लगाइदिएका थिए ।

यो मुकुट बज्रयान बुद्धधर्म अनुसार गुरुबाट बज्राचार्य अभिषेक पाएपछि लगाउने मुकुट भन्दै संस्कृति तथा सम्पदा अभियन्ताले विरोध गरेका छन् ।

संस्कृति तथा सम्पदा अभियन्ता मिलनरत्न बज्राचार्यले उक्त मुकुट र्‍याप ब्याटल जितेर पाउने पुरस्कार नभई पञ्चतथागत अनुसार रहेको मुकुट भएको बताएका छन् । ‘यसको महत्वलाई ध्यानमा राखिदिनुहोला । यसको महत्वलाई दर्शाउन अनुरोध छ । ताकि यस्तो काम फेरि नहोस्,’ उनले सामाजिक सञ्जालमार्फत भनेका भन्छन् ।

‘नेपहपको श्रीपेच’का निर्देशक निकेश खड्काले निर्माताद्वय सुदीप पोखरेल र रोशन श्रेष्ठकै डिजाइनमा यो मुकुट तयार पारिएको बताए । ‘हामीलाई मुकुट चाहिएको थियो । आधा घण्टाअघि नै हामीले मुकुट पाएका हौं । यसको मोडालिटी निर्माताले तयार पार्नुभएको हो,’ निकेशले भने ।

उक्त रियालिटी शोको फिनाले शनिबार सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?