+
+

तत्कालीन नेकपाका ५ सचिवालय सदस्यबीच भेटवार्ता

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १९ गते १९:३५

१९ असार, काठमाडौं । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का पाँच सचिवालय सदस्यबीच आइतबार भेटवार्ता भएको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेता झलनाथ खनाल र नेकपा एकता राष्ट्रिय अभियानका वामदेव गौतमबीच भेटवार्ता भएको हो ।

उनीहरुबीच राष्ट्रिय राजनीति, राष्ट्रिय स्वाधीनताको स्थिति, स्थानीय निर्वाचन, वाम तथा समाजवादी आन्दोलन, नेपाली कांग्रेस संगको गठबन्धन आदि विषयमा छलफल भएको प्रचण्डको सचिवालयले जानकारी दिएको छ ।

उनीहरुबीच छलफललाई निरन्तरता दिने समझदारी पनि भएको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिएका छन् ।

तत्कालीन नेकपामा ९ सदस्यीय सचिवालय समितिमा थियो । जसमा यी पाँच नेताबाहेक केपी शर्मा ओली, ईश्वर पोखरेल, रामबहादुर थापा बादल र विष्णु पौडेल पनि थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?