+
+

संयुक्त राष्ट्रसंघको कार्यालय अगाडि शरणार्थीको प्रदर्शन

आर्यन धिमाल आर्यन धिमाल
२०७९ असार २० गते १४:४५

२० असार, काठमाडौं । शहरमा बसोबास गरिरहेका शरणार्थीहरुले सोमबार पनि विभिन्‍न माग राखेर प्रदर्शन गरेका छन् ।

उनीहरुले ललितपुरको पुल्चोकस्थित संयुक्त राष्ट्रसंघ (यूएन)को कार्यालय अगाडि ब्‍यानरसहित प्रदर्शनमा उत्रिएका हुन् ।

शरणार्थीहरुले संयुक्त राष्ट्र संघले जारी गरेको मानव अधिकार सम्बन्धी विश्वव्यापी घोषणा पत्र १९४८ले उल्लेख गरेका आर्थिक, सामाजिक तथा साँस्कृतिक अधिकार लगायत बालबालिको अधिकार सुनिश्चित गर्न माग गरेका छन् ।

प्रदर्शनका क्रममा उनीहरुले यूएनसँग आफूहरुको समस्‍यालाई सुनिदिएर समाधानको उपाय खोजी दिनसमेत आग्रह गरेका छन् ।

उनीहरुले संयुक्त राष्ट्रसंघको शरणार्थीसम्बन्धी नियोग (युएनसीएचआर)सँग रक्षा गरिदिन, शरणार्थीहरुको समस्याबारे सुनिदिने वातावरण मिलाइ दिन माग गरेका छन् ।

आफूहरुलाई अमेरिका वा अमेरिका जस्तै ठाउँमा व्‍यवस्थापन गर्ने समेत शरणार्थीहरुले माग गरेका छन् ।

उनीहरुले आफूहरुको परिवारलाई वैधानिक रुपमा काम गर्ने वातारण मिलाइ दिन, महिनामा खानाको व्यवस्था गर्न र औषधि उपचारमा सुरक्षासहित ११ बुँदे माग राखेर एक हप्तादेखि प्रदर्शन  गर्दै आएका छन् ।

हेर्नुस् तस्वीरहरु : 

लेखकको बारेमा
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?