+
+

विश्वविद्यालयमा तालाबन्दी हुन दिन्नौं : मन्त्री पौडेल

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २० गते १६:३०

२० असार, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विश्वविद्यालयहरुमा तालाबन्दी हुन नदिन सरकार सचेत रहेको बताएका छन् ।

मन्त्री पौडेलले विश्वविद्यालयहरुमा तालाबन्दी सदाका लागि अन्त्य गर्न सरकारले समयमा परीक्षा लिने, परिणाम निकाल्ने र विद्यार्थीहरुले पठनपाठनसम्बन्धी उठाएका अन्य मागहरुको सम्बोधन गर्न गम्भीर छलफल र संवाद गर्ने बताए ।

सोमबार प्रतिनिधिसभा बैठकमा उनले भने, ‘विश्वविद्यालयसँग सम्बन्धित पठनपाठनमा केही समस्या आयो भने वार्ता, सहमति र संवादको माध्यमबाट हल गर्ने हो । चाबी लगाउने, तालाबन्दी गर्ने, डिस्टर्व गर्ने, प्रशासनिक काम गर्न नदिने, परीक्षा प्रणालीलाई डिस्टर्व गर्ने कुरा राम्रो हुँदैन ।’

विश्वविद्यालयमा समयमा परीक्षा सञ्चालन र नतिजा प्रकाशनको विषयालाई लिएर धेरै तालाबन्दी हुने बनाउँदै मन्त्री पौडेलले यसमा सुधार गरेमा तालाबन्दीको अवस्था नआउने दावी गरे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?