+
+

मन्त्री कुँवर र नेपालका लागि भारतीय राजदूतबीच भेटवार्ता

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २० गते १६:५४

२० असार, काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भेटेका छन् ।

सोमबार मन्त्रालयमा भएको भेटमा भारतमा काम गर्ने नेपाली कामदारको सुरक्षाका विषयमा छलफल भएको छ । मन्त्री कुँवरले भारतमा काम गर्न जाने नेपालीका समस्या र उनीहरुको सुरक्षाका लागि सहकार्य गर्नु पर्नेमा जोड दिएका थिए ।

भारतीय राजदूतले भने भारतमा रहेका कामदारको सुरक्षाका लागि आफूहरूले योजना बनाएर काम गरिरहेको जानकारी दिएका थिए ।

भेटमा मन्त्री कुँवरले भारतसँग नेपालको वर्षौंदेखिको सामाजिक, पारस्परिक सम्बन्ध रहेकाले भन्दै आगामी दिनमा पनि निरन्तरताको अपेक्षा गरेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?