+
+

चलचित्र विकास बोर्ड अध्यक्ष बन्न १० जनाले दिए आवेदन, कसलाई कसको समर्थन ?

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २० गते १७:१८

काठमाडौं । चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि अभिनेता भुवन केसीसहित १० जनाले आवेदन दिएका छन् ।

आवेदन दिने अन्तिम दिन आइतबारसम्म ती निवेदन प्राप्त भएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको संस्थान समन्वय शाखाले जानकारी दिएको छ ।

शाखाका प्रमुख मुकुन्द शर्माका अनुसार आवेदन दिनेहरुमा केसीसहित सम्झना उप्रेती रौनियार, अरुणकुमार प्रधान, मनिष पण्डित, सुष्मा कार्की, नरेश पौड्याल, सुशील पोखरेल, सुचित्रा श्रेष्ठ, दीपक श्रेष्ठ र निर्मलराज पौड्याल छन् ।

आवेदन दिएसँगै अब अन्तवार्ता लगायतका प्रक्रिया अघि बढ्ने जानकारी संयोजक शर्माले अनलाइनखबरलाई बताए । उनका अनुसार नियुक्तिको प्रक्रिया पूरा हुन अझै केही साता लाग्नेछ ।

आवेदन प्राप्त भएपछि गठित समितिले अब तोकिएको मापदण्डअनुसार आवेदन आएको छ कि छैन भनेर रुजु गर्ने जनाइएको छ । मापदण्डअनुसार आवेदन प्राप्त भए प्रक्रियामा अघि बढ्ने शर्माले जानकारी दिए ।

आवेदन दिएसँगै दशै जना आवेदकले राजनीतिक दौडधुपलाई तीव्र बनाएका छन् । भुवन केसीलाई प्रधानमन्त्री शेरबहादुर देउवाको समर्थन रहेको बताइन्छ । अरुण प्रधानलाई आफ्नै निर्वाचन क्षेत्रका समेत रहेका सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको समर्थन रहेको जनाइएको छ । दीपक श्रेष्ठलाई नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको समर्थन रहेको बताइन्छ भने रौनियारलाई प्रकाशमान सिंहको सहयोग रहेको छ ।

दयाराम दाहालको कार्यकाल सकिएपछि रिक्त रहेको चलचित्र विकास बोर्डको अध्यक्ष बन्न आकांक्षीहरुको रस्साकस्सी तीव्र भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?