+
+

माओवादी बैठकमा पञ्चा सिंहले भनिन् : अखिल क्रान्तिकारीमा अराजकता भयो, छानबिन होस्

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २० गते १७:४४

२० असार, काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले आफ्नो संगठनको समस्या समाधान गरिदिन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेकी छन् ।

सोमबार पार्टीको केन्द्रीय समिति बैठकमा बोल्दै अध्यक्ष सिंहले संगठनमा अराजकता देखिएकाले छानबिन गर्न माग गरिन् ।

उनले आफूहरुले नियम अनुसार नै अघि बढेको तर संगठनमा अराजकता देखिएको बताइन् । अखिल क्रान्तिकारीमा उपाध्यक्ष पवन कार्की समूहले छुट्टै सम्मेलन आयोजक समिति बनाएर समानान्तर गतिविधि गरिरहेको छ ।

सोही घटनातर्फ लक्षित गर्दै माओवादी केन्द्रीय सदस्यसमेत रहेकी अखिल क्रान्तिकारीकी अध्यक्ष सिंहल भनिन्, ‘संगठन अराजकतामा चल्न सक्दैन । पार्टीले छानबिन समिति बनाएर छानबिन गरोस् । मैले गल्ती गरेको रहेछु भने सजाय ब्यहोर्न तयार छु ।’

अध्यक्ष प्रचण्डले भने सिंहलाई रोक्दै यस विषयमा पार्टीले विशेष ध्यान दिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?