+
+
Shares

पार्टीका पदाधिकारी प्रस्ताव गर्न प्रचण्डलाई गजुरेलको आग्रह

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २० गते १८:०१

२० असार, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता हरिबोल गजुरेलले पार्टीका पदाधिकारी छिटो चयन हुनु पर्ने बताएका छन् ।

सोमबार पार्टीको केन्द्रीय समिति बैठकमा बोल्दै उनले जारी बैठकमा नै पदाधिकारीको नाम प्रस्ताव गर्न अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेका छन् ।

‘अब स्थायी कमिटी र पोलिटब्यूरो गठन गर्नुपर्छ, पदाधिकारी बनाउनु पर्छ,’ उनले भने, ‘अध्यक्षले एउटा प्रस्ताव पेस गर्नुपर्छ, चित्त बुझेन भने चुनावमा जानु पर्छ ।’

गजुरेलले पार्टीमा गुटबन्दी मौलाएको आरोप पनि लगाए ।

गत पुस ११ देखि १८ गतेसम्म आठौं महाधिवेशन गरेको माओवादी केन्द्रले अहिलेसम्म पदाधिकारी चयन गर्न सकेको छैन ।

 

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?