+
+

हेटौंडाको नीति तथा कार्यक्रम सर्वसम्मतले पारित

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २० गते २०:५५

२० असार, हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि प्रस्ताव गरेको नीति कार्यक्रम र बजेट अर्थ विधेयक, २०७९ र बिनियोजन विधेयक, २०७९ सर्वसम्मत् पारित भएको छ ।

नगरपालिकाको सोमबार एघारौं अधिवेशनको तेस्रो बैठकले नीति कार्यक्रम र बजेट अर्थ विधेयक, २०७९ र बिनियोजन विधेयक, २०७९ सर्वसम्मत् पारित गरेको हो ।

उपमहानगरपालिकाले नीति तथा कार्यक्रमहरु कार्यान्वयनका लागि २ अर्ब ७१ करोड ७९ लाख ७२ हजार ८ सय २० रुपैया“ बजेट सार्वजनिक गरेको थियो । नगरको विकासका लागि ठूला तथा साना अधुरा योजना, नया“ योजनाहरु सम्पन्न गर्न तथा अगाडि बढाउन अब बाटो खुलेको छ ।

विनियोजन विधेयक पारित भएस“गै अब नगरको विकासले रफ्तार लिने नगर प्रमुख मीनाकुमारी लामाले बताइन् ।

७ वटा समिति गठन

११ औं नगर सभाको तेश्रो बैठकले सर्वसम्मत न्यायिकसहित ७ समिति गठन गरेको छ ।

नगरको न्यायिक समिति संयोजक राजेश बानियाँ (उपप्रमुख), सदस्य ज्ञानबहादुर थापा, (हेटौंडा–५, वडा सदस्य) र सदस्यमा सन्तु पाख्रिन (हेटौंडा–७, वडा सदस्य) रहेका छन् । आयोजना तथा कार्यक्रमलाई विषय क्षेत्रगत्रुपमा छलफल, विश्लेषण र प्राथमिकता निर्धारण गरी पेश गर्न कार्यपालिका सदस्य संयोजक रहने गरी समिति गठन गर्ने निर्णय भएको छ ।

तेश्रो बैठकले आर्थिक विकास समितिको संयोजकमा अनिल बानिया“, सामाजिक विकास समितिको संयोजकमा रामकृष्ण कोइराला, पूर्वाधार विकास समितिको संयोजकमा दीपक खड्का, वातावरण तथा विपद् व्यवस्थापन समितिको संयोजकमा फुर्वा दोर्जे लामा, संस्थागत् विकास र सुशासन समितिको संयोजकमा सुनिल मोक्तान रहने गरी समिति गठन गरेको छ ।

त्यस्तै सोमबार बसेको उपमहानगरको पा“चौं कार्यपालिका बैठकले जग्गा वर्गीकरण कार्यदल गठन गरेको थियो । सामाजिक विकास महाशाखा प्रमुख विष्णुकुमारी लामिछाने संयोजक रहने गरी गठित कार्यदलको अध्ययन प्रतिवेदन प्राप्तपश्चात् नगर प्रमुखको अध्यक्षतामा रहने भूउपयोग परिषद्मा छलफल गरी कार्यपालिकाबाट निर्णय भएपछि लागु हुने छ । परिषद गठन पश्चात हाल रोक्का रहेको जग्गाको कित्ताकाटलगायत कार्य सुचारु हुनेछ ।

सुरक्षित आप्रवासन कार्यक्रमलाई निरन्तरता दिने निर्णय भएको छ । साबिक गाविसमा समायोजन भएको वडामा अधिकारसहित अधिकृत र लेखापाल खटाइने छ ।

नगरका सामुदायिक विद्यालयमा रिक्त रहेका स्थायी दरबन्दी तथा राहत कोटामा शिक्षक नियुक्ति गर्न उपमहानगरपालिकाका तर्फबाट शिक्षकको रोष्टर सूची तर्जुमा गर्ने, नगरका स्वास्थ्य संस्थाबाट बीमा सुबिधासमेतमा सहजीकरण गर्ने गरी आधारभुत अस्पताल सञ्चालन गर्न २ डाक्टर (आठौं तह) नियुक्ति गरी परिचालन गर्ने र वृत्तिविकास सम्बन्धि विशेष ऐन, २०७५ खारेज गरी नया“ कानुन तर्जुमा गर्ने निर्णय भएको नगरका प्रवक्ता सबिन न्यौपानेले बताए ।

२ अर्ब ७१ करोड ७९ लाख रुपैयाँ बराबरको बजेट

११ औं नगरसभाको पहिलो बैठकले आगामी आर्थिक वर्षका लागि प्रस्तुत २ अर्ब ७१ करोड ७९ लाख रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको थियो ।

उपमहानगका अनुसार पूर्वाधार विकासतर्फ १ अर्ब ८ करोड ४२ लाख, आर्थिक विकासतर्फ १९ करोड ६९ लाख, सामाजिक विकासतर्फ ६६ करोड १५ लाख, स्वास्थ्यतर्फ ९ करोड ५३ लाख, युवा तथा खेलकुदतर्फ ३ करोड ७३ लाख, महिला तथा बालबालिकाका लागि ३ करोड ५८ लाख रुपैयाँ, वातावरण तथा विपद् व्यवस्थापनतर्फ १२ करोड ६ लाख, संस्थागत विकास र सेवा प्रवाहतर्फ ७ करोड ३३ लाख, अन्य विविध शीर्षकमा ९९ लाख रुपैयाँ विनियोजन गरिएको थियो ।

उपमहानगरले खर्च व्यहार्ने स्रोततर्फ आन्तरिक स्रोतबाट ९४ करोड ३६, राजस्व बाँडफाँडबाट ५८ करोड ९३ लाख, प्रदेश विभिन्न अनुदानबाट ९ करोड ५८ लाख, संघीय सरकार अनुदानबाट १ अर्ब ६ करोड ९५ लाख र अन्य आय र संघसंस्थातर्फ १ करोड ९६ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरेको छ ।

उपमहानगरले हेटौंडा–१० स्थित एकीकृत बसपार्क तथा टर्मिनल भवन निर्माणका लागि १५ करोड रुपैयाँ, हेटौंडा–४, बासुदेव बहुउद्देश्यीय व्यापारिक भवन निर्माणका लागि ५ करोड रुपैयाँ, बृहत्तर चक्रपथ निर्माण गर्न ३ करोड रुपैयाँ, वडा तथा वस्तीस्तरीय पूर्वाधार निर्माण गर्न ३८ करोड ४० लाख रुपैयाँ विनियोजन गरेको छ ।

उपमेयर बानियाँका अनुसार हेटौंडा–११ मा निर्माणाधीन प्रादेशिक थोक फलफूल तथा तरकारी बजार केन्द्रका लागि ३ करोड रुपैयाँ, पर्यटकीय पूर्वाधार योजना निर्माण गर्न ४ करोड १७ लाख रुपैयाँ, विद्यार्थी दिवा खाजा कार्यक्रमका लागि ३ करोड ५३ लाख रुपैयाँ, डाक्टर पढाउनका लागि मेयर छात्रवृत्ति कार्यक्रमअन्तर्गत् २० लाख रुपैयाँ विनियोजन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?