+
+

संसद भवनको पर्खालसँगै फुटपाथमा राखिएको काँडेतार हटाइयो

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २१ गते १०:५१

२१ असार, काठमाडौं । नयाँबानेश्वरस्थित संसद भवनसँगैको सडक पेटीमा राखिएको काँडेतार हटाइएको छ ।

यसअघि संसद भवनको पर्खालसँगै फुटपाथमा ढाक्ने गरी काँडेतार राखिएपछि आलोचना भएको थियो । आज बिहान भने ती काँडेतार हटाएर फुटपाथ खाली गराइएको छ ।

फुटपाथमा पैदलयात्री हिंड्नै नमिल्ने गरी काँडेतार राखिएपछि सभामुख अग्नि सापकोटाले सुरक्षा अधिकारी र उच्च ओहोदाका कर्मचारीहरुसँग चासो व्यक्त गरेका थिए । ‘संसद भवनको रेखदेख शहरी विकास मन्त्रालयले गर्छ,’ सभामुख सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले भने, ‘उहाँले काँडेतारबारे गम्भीर चासो लिनु भएको थियो । काँडेतार राख्न जरुरी छैन भन्ने उहाँको भनाइ थियो । आज हामी संसद भवन आउँदा काँडेतार हटाएको देख्यौं ।’

काठमाडौं महानगरपालिका पछिल्ला दिनमा फुटपाथमा व्यापार गर्नेहरुविरुद्ध आक्रमक बन्दै ठेलागाडा, साइकल र सामान जफत गरिरहेको बेला संसद भवनअघिकै फुटपाथमा काँडेतार राखिएपछि सरकारको आलोचना भएको थियो । फुटपाथ र साइकल लेन नै ढाकिने गरी काँडेतार राखिएपछि सडकबाट हिंड्नुपर्ने बाध्यता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?