२१ असार, गुल्मी । गुल्मीमा चट्याङ लागेर १४ वर्षीय बालकको मृत्यु भएको छ ।
मदाने गाउँपालिका वडा -१ अग्लुङ निवासी १४ वर्षीय चन्द्र बिष्टको चट्याङले लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक एसपी भीमबहादुर दाहालले बताए ।
एसपी दाहालका अनुसार मंगलबार बिहान परेको चट्याङले लागेर घाइते बिष्टको उपचारको लागि गुल्मी अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको हो।
यस्तै चट्याङ लागेर उनकी काकी ४२ वर्षीया संगीता बिष्ट घाइते भएको प्रहरीले जनाएको छ ।
उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4