+
+

एक सातामै तीन फिल्म : राजेश हमालकै बाटोमा हिंडेका हुन् विपिन र अनमोल ?

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २१ गते १३:२८

काठमाडौं । कोरोना महामारीले सिर्जना गरेको शून्यतालाई भर्न कलाकारले धमाधम फिल्म साइन गरिरहेका छन् । विपिन कार्कीदेखि अनमोल केसीसम्मले एकै सातामा दुई वा दुईभन्दा बढी फिल्ममा आफूलाई जोडेका छन् ।

विपिनको मुख्य भूमिका रहने फिल्म ‘प्रसाद २’ छायांकनको तयारीमा छ । बलिउड फिल्म ‘एनिमल’, रामबाबु गुरुङको अनटाइटल फिल्म र सम्भवतः ‘लू’ उनका आगामी फिल्म हुन् ।

एक साताकै अन्तरालमा अनमोलले तीन फिल्ममा साइन गरेका छन् । ‘छड्के २’ सिरिज, सुदर्शन थापाको अनटाइटल फिल्म र अहिले ‘जेरी २’मा अनमोल अनुबन्धित भएका छन् ।

सकेसम्म कम फिल्म खेल्ने स्वभाव बसालेका अनमोल फिल्मलाई लिएर चुजी थिए । उनले प्राप्त अफरलाई पनि नकार्दै फिल्म छान्ने गर्थे । उनको बजार दृष्टिकोण भनेको हत्तपत्त फिल्म खेल्दैनन् भन्ने थियो ।

विपिन र अनमोलजस्ता चलेका दुई कलाकारले बजारसँग सम्झौता गर्न लागेका हुन् ? विपिन भन्छन्– यस्तो अवश्य होइन, खासगरी कोभिड महामारीले जुन रिक्तता सिर्जना गर्‍यो । त्यसलाई मेट्न मैले फिल्म धमाधम गरिरहेको हुँ ।’

आगामी वैशाखसम्म आफूलाई फिल्म अफर नगर्न विपिनको आग्रह छ । अनलाइनखबरसँग कुरा गर्दै उनले फिल्मको उच्च डिमान्ड भएकाले आफूले त्यतिबेलासम्म कुनै फिल्म साइन नगर्ने बताएका थिए ।

यति मात्र होइन, अनमोल सिमोस सुनुवारले निर्देशन गर्ने फिल्म पारस, माइतीघर २ सहितको तयारीमा छन् । हेर्दा उनी कम्तीमा डेढ वर्ष व्यस्त भएको देखिन्छ ।

उनै अनमोल हुन् जसले केही वर्षअघिसम्म सिक्वेल नखेल्ने प्रतिबद्धता गरेका थिए । तर उनी पछिल्लो पटक सिक्वेलमा अनुबन्धित भइरहेका छन् ।

समीक्षक बजारको दबाबमा अनमोल र विपिन राजेश हमालकै बाटोमा हिंडेको विश्लेषण गर्दैछन् । अभिनेता हमालले जथाभावी फिल्म साइन गरेर फिल्मको मूल्यप्रति गम्भीर नभएको आरोप लाग्ने गरेको थियो ।

अनमोल र विपिन मात्र हैनन्, दयाहाङ राई र सौगात मल्लको प्रवृत्ति पनि त्यस्तै छ । यी दुई कलाकार कम्तीमा एक वर्ष पूरै व्यस्त छन् । सौगातले त आफूले निर्माण गरेको फिल्मलाई समय दिनुपर्ने भन्दै तीन महिना कुनै फिल्म नगर्ने बताइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?