+
+

न्युजिल्यान्डमा महिला र पुरुष क्रिकेट टिमलाई समान तलब भत्ता

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २१ गते १४:१३

२१ असार, काठमाडौं । न्युजिल्यान्ड क्रिकेटले महिला र पुरुष दुवै टिमका खेलाडीलाई समान पारिश्रमिक दिने भएको छ । न्युजिल्यान्डको महिला र पुरुष दुवै टिमलाई पाँच वर्षसम्मका लागि समान तलब र म्याच फीको व्यवस्था गरिएको छ । न्युजिल्यान्डका ६ वटा क्रिकेट संघ र न्युजिल्यान्ड क्रिकेट खेलाडी संघबिच यसका लागि पाँच वर्षको सहमति भएको हो ।

जस अनुसार महिला र पुरुष दुवैको निर्धारित ओभरका अन्तर्राष्ट्रिय खेलहरुको म्याच फी एकदिवसीयका लागि न्युजिल्यान्ड डलर ४ हजार र टि–२० अन्तर्राष्ट्रियका लागि २ हजार ५०० डलर हुनेछ ।

घरेलु प्रतियोगिताका लागि निर्धारित ओभरको खेलका लागि खेलाडीले प्रति खेल ५७५ डलर पाउनेछन् । टेष्ट म्याचको लागि १० हजार २५० र शिल्ड गेमका लागि १ हजार ७५० न्युजिल्याण्ड डलर म्याच फी तोकिएको छ ।

नयाँ सम्झौता पश्चात उच्च वरीयताका खेलाडीले प्रतिवर्ष १ लाख ६३ हजार २४६ डलर पाउनेछन् । नवौ वरियतामा रहेकाले १ लाख ४८ हजार ९४६ डलर, १७ औं वरियतामा रहेकाले १ लाख ४२ हजार ३४६ डलर पाउने गरि सम्झौता भएको छ ।

उनीहरुको पारिश्रमिक एउटै हुनाले महिला क्रिकेटरलाई निकै ठूलो हौसला मिलेको न्युजिल्यान्ड महिला क्रिकेट टिमकी कप्तान सोफी डिभाइनले बताइन् । ‘अन्तर्राष्ट्रिय र घरेलु महिला क्रिकेटरलाई पुरुषकै समान व्यहार गर्नु राम्रो हो । यसले महिला क्रिकेटरहरुलाई हौसला प्रदान गर्नेछ’, उनले भनिन् ।

न्युजिल्यान्ड क्रिकेट(एनजेटसी) का मुख्य कार्यकारी डेविड ह्वाइटले पनि यो सम्झौताको खुलेर प्रशंशा गरेका छन् । ‘यो सम्झौताको लागि खेलाडी र मुख्य संघहरुलाई बधाई तथा धन्यवाद भन्न चाहन्छु’, उनले भने, ‘यो सम्झौताले न्युजिल्यान्ड क्रिकेटको विकासका लागि मह्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ । यो एक महत्वपूर्ण नीति हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?